वि.सं.   सोमवार, असार २, २०७६   तदनुसार  17 June 2019
के तपाईं आफ्नो स्थानिय सरकारसँगै हुनुहुन्छ ?

नेपाली जनता सुचनाको हकबाट सुसज्जित छन । जनताले चाहेको बखत कुनैपनि सरकारी निकायले उनिहरुलाई सुचना दिनसक्नु पर्दछ । संस्था तब मात्र शुशासित, पारदर्शी र जनउत्तरदायी हुन्छन जब त्यस संस्थाका सेवाग्राहीले के, कहाँ, किन, कसरीको उत्तर पाउछन। यसर्थ सुचना पाउनु, लिनु जनताको नैसर्गिक अधिकार हो । जनतालाई सुचना दिनु सम्बधित निकायको दायित्व हो ।  तपाईंले तिरेको करको सदुपयोग भएको छ कि छैन भनेर अख्तियारी गर्ने अधिकारसंगै क्षमता तपाईंमा हुनुपर्दछ ।
देशले स्थानिय तहदेखी राष्ट्रिय तहसम्म स्थायी सरकार पाईसकेको पनि एक वर्ष कटिसकेको छ । यसै सन्दर्भमा आफ्ना तल्लो तहका निकाय, प्रदेश सांसद, संघिय सांसदहरुले कहाँ के गर्दैछन भन्नेबारे तपाईं आफुले चासो नराख्ने हो भने फेरी पनि हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तै हुनु बाहेक अर्थोक केही हुँदैन । तपाईंले तपाईंको स्तरबाट कहाँ के कसरी कतीमा काम भईरहेको छ हेक्का राख्ने गरौँ, सोधखोज राख्ने गरौँ, कामको गुणस्तरमा प्रश्न गर्ने गरौँ । आज आँखा चिम्लिदिदाँ तपाईंहामीले नै हो जीवनभर दु:ख पाउने ।
यहाँ बर्दिया जिल्लाका ८ वटै स्थानिय तहहरुको लिन्क बनाएर रखेका छौँ । कती तहले अपडेट समयमै गर्ने गरेका छ वा छैनन, उनिहरुलाई प्रतिकृया पनि जनाउनु होला । तपाईंलाई सुचना दिनु उनिहरुको दायित्व हो । तपाईंको कर असुल्न सक्नेले तपाईंलाई तपाईंको करको सदुपयोग कहाँ कसरी हुँदैछ भनेर जानकारी गराउदैनन वा आनाकानी गर्छन् भने त्यहाँ ‘दालमा कुछ काला है’ भनेर बुझ्नुहोस् । तुरुन्त उजुरी दिनुहोस् ।

Facebook

हामीलाई फेसबुकमा भेट्नुहोस्

Facebook

हामीलाई Twitterमा फलो गर्नुहोस्

Facebook

हामीलाई YouTube मा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्: