वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

युवा स्वरोजगारको बातावरण निर्माण गर्नुपर्नेमा जोड

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, साउन २९, २०७५ ।    

मिन अधिकारी, (राजापुर) बर्दिया।
युवाहरुको लागि सुरक्षित स्थान भन्ने मुलनाराका साथ बर्दियाको राजापुरमा १८औँ अन्तर्राष्ट्रिय यूवा दिवस मनाईएको छ । दिवसको अवसरमा थारु कला सांस्कृतिक केन्द्र सम्भावना र चूनौति वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । युवाहरु देशमा परिर्वनका सम्वाहक भएकाले युवाहरुलाई देश निर्माणको मूल धारमा ल्याउनु पर्ने सन्देश दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको थियो ।
शान्तीका लागि युबा संजालका अध्यक्ष शिबानी थारुको सभापतित्बमा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश न. ५ का उपसभामुख कृष्णी थारु, विशिष्ट अतिथी राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरी अन्य अतिथिहरुमा रानपाका १० वटै वडाका वडाध्यक्ष र स्थानिय पत्रकारहरु, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगाएत स्थानिय युवाहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रमको उद्घाटन ५ नं. प्रदेशका उपसभामूख कृष्णी थारु, राजापुर नगपालिका उपप्रमूख मनकला चौधरीले संयुक्त रुपमा मैनबत्ति बालेर गरेका थिए । कार्यक्रममा बोल्दै उपसभामूख थारुले बैदेशिक रोजगारिका लागि विदेशीने यूवाहरुको सख्या दिन प्रतिदिन बढ्दै गएकाले यो समस्या रोक्न नगरपालिका र गाउँपालिकाले विभिन्न प्रकारका योजना ल्याउनु पर्ने भन्दै निति निर्माण गरी थारु कला संस्कृतिलाई सहयोग गर्न प्रदेश र केन्द्र सम्म आफुले पहल गर्ने बताईन । राजापुर नगरपालिका उपप्रमुख चौधरीले सम्पूर्ण युवाहरुलाई समय सापेक्ष परिवर्तन गरी स्थानिय तहले प्रभावकारी योजना वनाएर अगाडि वढ्ने बताईन । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष राम वहादुर थारु र वडा नं. ८ का वडाध्यक्ष चिन्तामणी आचार्यले युवा स्वरोजगारी र स्थानिय कला संस्कृति संरक्षणमा पहल गर्नु पर्ने बताए । कार्यक्रमको समापन गर्दै सभापति चौधरीले दिवसका दिनमा मात्र नभएर सवै सरोकारवाला निकाय योजनावद्ध रुपमा अगाडि वढ्नु पर्नेमा केन्द्रित हुनु पर्ने बताईन । नगर क्षेत्रका सवै युवालाई स्वरोजगारी हुने जिवनोपयोगि सिपमूलक तालिम सिकाउनु पर्ने र समाजमै स्थापित गर्न एक हुनु पर्नेमा सहभागिहरुले जोड दिएका थिए । राजापुर कटेजमा सम्पन्न कार्यक्रमको सञ्चालन कमैया महिला जागरण समाज नेपालका सामाजिक सहजकर्ता चन्द्र प्रसाद चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: