वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

‘बर्दियाको पर्यटकिय स्थलको संसारभर प्रचार हुनुपर्छ’-चिनिया अभिनेत्री सु चिङ

        छापाबाट   |   प्रकाशित मिति: सोमवार, मंसिर २३, २०७६ ।    
Loading...

बर्दिया : नेपाल भ्रमण वर्ष २०२० कि सद्भाव दूतका रुपमा नेपाल आएकी चिनियाँ अभिनेत्री सु–चिङ आइतबार बिहान बर्दिया राष्ट्रिय निकुन्ज पुगिन् । बाघका लागि प्रसिद्ध बर्दिया निकुञ्ज पुगेर उनले यसको प्रचारमा आफूले सघाउने पनि बताइन् ।
सञ्चारकर्मीहरुसँग ठाकुरद्धारामा कुरा गर्दै उनले आपसी पर्यटन प्रवर्द्धनले नेपाल चीन सम्बन्धलाई समेत अझ बलियो बनाउने बताइन्। ‘नेपाल भ्रमण वर्षको प्रचार गरेर म चिनियाँ पर्यटक भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्छु,’ उनले भनिन्, ‘बर्दिया निकुञ्जजस्ता नेपालका राम्रा स्थलबारे संसारभर पर्याप्त प्रचार हुनुपर्छ।’
अभिनेत्री चिङलाई थारु संस्कृति, भेषभुषामा सिंगारिएका महिलाले भव्य स्वागत गरेका थिए। साथै प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, निकुन्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल तथा पर्यटन व्यवसायीहरु पनि उनको स्वागतमा उपस्थित थिए।
चिङले बर्दिया राष्ट्रिय निकुञ्जलगायत बाँसगढी स्थित ओमकेदारेश्वर धाम, बारबर्दिया नगरपालिकास्थित सत्खलुवा तालको अवलोकन गरेकी हुन । बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले उनलाई जिल्लामा स्वागत गरेका थिए भने भुरिगाउँ बजारमा अभिनेत्री छिङलाई स्वागत गर्दै ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले नगरपालिका र बर्दिया राष्ट्रिय निकुञ्जको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्: