वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

विकासप्रेमी युवा समुह बर्दियाले सम्पन्न गर्‍यो विविध कार्यक्रम (फोटो फिचर)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ ।    

बर्दिया- अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा विकासप्रेमी युवा समुह, बर्दियाले विविध कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका विब्भिन्न स्थानिय तहहरुमा नगर सरसफाई, दुर्व्यसनी विरुद्द र्‍याली, सचेतना र्‍याली देखी रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
बिकासप्रेमी युवा समुहले राजापुर, गुलरिया,बाँसगढी, बारबर्दियामा नगर सरसफाई र ठाकुरबाबा र मधुवनमा नगर सरसफाइसँगै दुर्व्यसनी विरुद्द सचेतना र्‍याली तथा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।


जिल्लाका विभिन्न स्थानिय तहहरुमा आफ्नो नगर समुह निर्माण गरेसँगै बिकासप्रेमी युवा समुहले आफ्नो कृयाकलापमा तिब्रता दिएको छ । सकारात्मक सोचको विकास गर्दै जिल्लाको बिकासमा टेवा पुर्‍याउने हेतुका लागि गठन गरिएको युवाहरुको यो समुहले हालसालै संस्थागत दर्ता पनि गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...