वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बर्दियाका सिडिओ राम बहादुर कुरुम्बाङ्गलाई भोट किन ?

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर १६, २०७५ ।    

गुलरिया,बर्दिया।
जनताको घरदैलोमा सरकारी सेवा पुर्‍याएर चर्चामा आएका निडर तथा जनताप्रती जवाफदेही र भ्रष्ट्राचार विरोधीका रुपमा चिनिएका बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ इन्टेग्रिटी आईडलमा नेपालका हजार बढी प्रतियोगीहरु मध्यबाट टप फाइभमा परेसंगै उनलाई जिताउन अभियान चलाईएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गलाई भोट किन गर्ने त ? बर्दियाका युवा अभियन्ता महेन्द्र विष्ट लेख्छन :

१) मुस्कान सहितको सरकारी सेवा र सेवा प्रवाहमा सबलीकरण,
२) कालोबजारी गर्ने १५ सुन व्यवसायीलाई कारबाही,
३) मापदण्ड बिपरित संचालनमा रहेका २ ओटा पानी उधोग सिलबन्दी
४) मापदण्ड बिपरित उत्पादन भेटिएपछि दाङ्गको घोराही सिमेन्टलाइ कारबाही
५) मापदण्ड बिपरित संचालनमा रहेको बबई पोलिक्लिनिकलाइ सिलबन्दी
६) अबैध तस्करी नियन्त्रण तथा बजार अनुगमन साथै सिमा क्षेत्रमा सुरक्षा रणनीति लागु गरि राजश्व संकलनमा बृद्दी
७) बर्दियामा रहेका विकासे आयोजना हरुको स्थलगत अनुगमन र ढिला गर्ने निर्माण ब्यबसायी लाइ स्पष्टिकरण
८) एकीकृत घुम्ती शिविर संचालन गरि हजारौ सेवाग्राहीलाइ नागरिकता वितरण
९) भ्रष्टाचारमा सुन्य सहनशीलता
१०) राजनीतिक दल, नागरिक समाज, गैर सरकारी क्षेत्र, पत्रकार लगायत सबै बर्दियाली संग आत्मिय सम्बन्धको बिकास

उनको यी र यस्तै सकारात्मक र जनपक्षिय कार्य मुल्याङ्कन गर्दै उनलाई प्रोत्साहन दिनको लागि पनि भोट गर्नुहोला । राम्रो कामलाई राम्रो भन्ने बानी बसालौँ । नराम्रोलाई सुझाव दिन पनि नबिर्सौँ ।

अनलाइनबाट:
– सबैभन्दा पहिला यो लिंक क्लिक गर्नुहोस्:
http://www.integrityidol.org/countries/nepal
–त्यसपछि रामबहादुर कुरुम्बाङ्गको फोटो भएको तल रहेको भोटिङ बटन (VOTE) मा क्लिक गर्नुहोस् । (नोट: आफूलाई मनपर्ने व्यक्तिलाई पनि चयन गर्न सक्नुहुन्छ ।)

एसएमएसबाट:
– कुरुम्बाङ्गलाई भोट गर्दा मोवाइलको म्यासेज बक्समा गएर IIN 4 लेखेर 34001 मा एसएमएस पठाउनुहोस् । ( अर्थात IIN लेखेपछी एउटा स्पेस दिएर 4 लेखेर 34001 मा पठाउनुहोला ।)

एक जनाले एउटा नम्बरबाट पठाएको एउटा SMS र अनलाइनबाट एउटा IP Address (single device) बाट एक भोट मात्र गनिने आयोजकले जनाएको छ । भोटिङ समय मंसिर १७ गते डिसेम्बर ३ तारिखसम्म गर्न सकिने र यसको अन्तिम नतिजा पुस २१ गते डिसेम्बर ७ तारिखमा आउने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: