वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

वाह सत्खलुवा ! (फोटो फिचर)

        सन्तोष श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, कार्तिक १७, २०७५ ।    

स्वर्गको बयान सायदै अर्थपूर्ण होला ईन्द्रको अगाडी । बर्दियाको सुन्दरता यसरी सधैं ओझेलमा रह्यो कि आँखामा मिराजको मृगतृष्णा सधैं रह्यो हामीमा । र चाहार्‍यौँ कताकता ! ईन्द्र भईकन पनि स्वर्गको खोजीमा यती भौतारियौँ कि मानौँ हामीसँग अलिकती मिठो सुख स्पर्श गराउने कुनै पवन नै चलेन आजसम्म । हाय तिम्रो सुन्दरता !

बर्दिया पर्या-पर्यटकिय आभुषणले भरिपूर्ण जिल्ला हो । पुर्वमा बबई हेर्नुस् वा पश्चिमको कर्णालीको आँचलमा पुग्नुस् । पुर्वको बह्रैयातालको मनोरमतालाई नयनमा कैद गर्नुस् वा पश्चिमको तारातालको किम्बदन्ती सुनेर दंग पर्नुस् । या श्रद्दाको मनभरी आव्ह्वान बोकेर ठाकुरबाबाको दैलोमा पुग्नुस् या गुलरियाको बगलामुखी वा राजापुरको महाकालेश्वर शिव मन्दिरमा लाग्ने दर्शालुको भिड हेर्नुस् ।

र घुम्नुस् बर्दियाको फाँटैफाँट उक्लिएर चूरे छिरेको बर्दिया राष्ट्रिय निकुन्ज । मनले अझै मानेन भने सत्खलुवा छिर्नुस्, जीवनको अर्को कथा शुरु गर्न । वा बास बसेरै रस्वादन गर्नुस् बर्दियालीपनको, डल्ला होमस्टे वा सत्खलुवा होमस्टे वा बगनाहाको गोबिन्दपुर होमस्टेमा । र यस्तै यस्तै कती कती… म वर्णन गरुँ कसोरी ?
तस्बिरमा सत्खलुवा ताल हेरौँ :

सत्खलुवा ताल पछिल्लो समय स्वदेशी तथा विदेशीहरुको घुम्ने गन्तव्यको रुपमा बिकसित हुँदै गैइरहेको छ । २९.५३ हेक्टर क्षेत्रफलमा फैलिएको आकर्षक सत्खलुवा ताल बर्दियाको बारबर्दिया नगरपालिकामा अवस्थित छ । २६३.६४ हेक्टरमा रहेको सत्खलुवा सिमसार क्षेत्रलाई पर्यापर्यटकिय आकर्षणको क्षेत्रको रुपमा विकसित गर्दै समिपमा होमस्टे पनि सन्चालनमा ल्याईएको छ ।

स्थानिय थारु पहिरनमा सजिएर नाँच देखाउन तयार समुह ।

 

सत्खलुवा सिमसार क्षेत्रभित्रै सत्खलुवा सहित सतंजी ताल, सतपटुवा ताल पनि छ। सिमसार क्षेत्रमा नागथानको मन्दिर, कलकामारुवा मन्दिर समेत रहेका छ्न ।

तपाईंलाई सत्खलुवा सिमसार क्षेत्रका यी तस्बिरहरु हेरिसके पछी कस्तो लाग्यो ? तलको कमेन्ट बक्समा प्रतिकृया जनाउनुहोला । सबैको जानकारीको लागि शेयर पनि गर्न नभुल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्: