वि.सं.   आइतवार, माघ १२, २०७६   तदनुसार  26 January 2020

‘घुम्न जाऔँ बर्दिया-2020’ ठाकुरद्वाराबाट औपचारिक शुभारम्भ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस १७, २०७६ ।    
Loading...

ठाकुरद्वारा,बर्दिया- ‘घुम्न जाऔँ बर्दिया’ भन्ने नाराका साथ बर्दियाको पर्यटकिय स्थल ठाकुरद्वाराबाट प्रदेश नं ५ ले एक भव्य कार्यक्रम आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरिएको छ । ईश्वि संबत् २०२० को शुभारम्भसँगै नेपाल भ्रमण वर्ष-२०२० देशैभरी शुरु भएको छ ।


प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो कार्यक्रमको मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन । पर्यटकिय छटाले भरिपूर्ण बर्दियाबाट भ्रमण वर्षलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउदै मुख्य मन्त्री पोखरेलले जिल्लाको प्रकृति र संस्कृतिको भरपुर सदुपयोग गरिनु पर्नेमा जोड दिए । नेपालको संबृद्धि पर्यटन र कृषिसँग जोडिएकाले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्ने, कृषिलाई आधुनिकिकरण गर्दै उत्पादनलाई बृद्धि गर्ने योजनाका साथ प्रदेश सरकार अघी बढेको बताउँदै अहिले सडक सञ्जाललाई पनि प्राथमिकतामा राखेको मुख्य मन्त्री पोखरेलले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् !

कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले थारु बाहुल्य बर्दियाको संबृद्धिका लागि पुर्खाले नासोका रुपमा सुम्पेर गएको स्थानिय कला संस्कृति र प्रकृतीलाई जगेर्ना गर्नु पर्ने बताए । जिल्लाको ब्रिहत्तर बिकासका लागि उत्तरमा कर्णाली प्रदेश जोड्ने तेलपानी सडक, दक्षिणमा भारत जोड्ने नाका, पश्चिममा गेरुवा जोड्ने पर्यटकिय झोलुङे पूलको आवश्यकता औंल्याउदै नगरप्रमुख श्रेष्ठले प्रदेश नं ५ को उन्नतीमा यसले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।

औपचारिक उद्धघाटन कार्यक्रम प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा प्रदेश नम्बर ५ का पर्यटन मन्त्री लिला गिरीको अध्यक्षता सम्पन्न भएको थियो ।
सो उद्घाटन कार्यक्रममा स्थानिय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सहकारीकर्मी, वडा तथा नगरवासी लगायत बिभिन्न जिल्लाका पाहुनाहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: