वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

तोहार जवानी अजराईलको भिडियो सार्वजनिक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, चैत्र ११, २०७४ ।    

भगतराम थारु/नेपालगन्ज ।
तोहार जवानी अजराईल बोलको थारु गितको भिडियो सार्वजनिक भएको छ । कलाकार नरेश चौधरी र शिशिरा कडेलको मुख्य भुमिका रहेको तोहार जवानी अजराईल बोलको गित शनिवार सार्वजनिक भएको हो । तोहार जवानी अजराईल बोलको भिडियो धमाकेदार रहेको कलाकार नरेश चौधरीले बताए । गित अहिलेका युवायुवतीहरुलाई लक्षित गरि बनाएको हुनाले विवाह, पार्टीको डिजे पार्टीमा धुम मचाउने कलाकार नरेशले बताए ।

तोहार जवानी अजराईल बोलको गीतमा कोरियोग्राफीक सुरज (कुशुम्या)थारुले दिएका छन भने म्यामरामा रामु चौधरीले छायाङकन गरेर साथ दिएका छन भने क्यामरा सहयोगीमा श्रीराम थारु रहेका छन । भिडियो कम्पोज आरकेसी डिजिटल स्टुडियो कोहलपुर पिपरीका प्रोप्राईटर राम थारुले गरेका छन । सहायक डान्सरमा संजय चौधरी, अमन चौधरी, सन्दिप, देभराज, प्रेम, विशाल, अर्जुन चौधरी र शुवास जंग शाहले गरेका छन । तुहार जवानी अजराइल मन मोर बौराइल जब तुहार देह छुठुतो लागत करेन्ट आपन प्यार मोरमे करो सेन्टको बोलको गितको मेकअप अमृता चौधरीले गरेकी छन । तोहार जवानी अजराईल बोलको गितमा स्वर थारु गायक विश्व सागर परियार र गायीका सुमन चौधरीले दिएका छन ।

प्रतिक्रिया दिनुहोस्: