वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

उपलब्धी देखिने गरी काम गर्छौँ : मधुवन नगरप्रमुख क्षेत्री

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, बैशाख २२, २०७५ ।    

हरी गुरुङ्ग/मधुवन (बर्दिया) ।
मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले विद्यालय अनुगमन गरी पाएका समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

इन्सेकद्वारा सञ्चालित इएपि अन्र्तगत भएको सेवाप्रदायक र सेवाग्राही बीच स्थानीय तह स्तरिय अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नगरप्रमुख क्षेत्रीले शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्यालाई प्राथमिकिकरण गरी समस्या समाधानका लागि योजना बनाएर उपलब्धी देखिने गरी सम्बन्धित सबै निकाय र सरोकारवालाहरुलाई सहभागि गराई काम गर्ने बताएका हुन् ।

द्वन्द्व पीडितका बालबालीकाको शिक्षा र रोजगारीलाई विशेष प्राथमिकतामा राखि अवसरको सृजना गर्ने पनि प्रतिवद्धता समेत जनाएका छन् । साथै शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रका समस्यालाई समाधान गर्न वडा तथा नगर स्तरबाट नै काम गर्न सक्षम रहेको पनि नगरप्रमुख क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्: