वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

राजापुरमा लक्षित वर्गका लागि उद्घोषण तालिम सुरु

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, जेष्ठ २, २०७५ ।    

मिन अधिकारी/राजापुर (बर्दिया) ।
राजापुर नगरपालिका वडा नं. ९ मा मंगलबार देखी वडा स्तरीय लक्षित वर्गका लागि ३ दिने आधारभूत उद्घोषण तालिम सुरु भएको छ । वडा नं. ९ का वडाअध्यक्ष विष्णु थारुको प्रमुख आतिथ्यतामा सुरु भएको तलिममा वडा नं. ९ का २० जना प्रशिक्षार्थी सहभागि रहका छन् ।

रेडिणे साथी एफ. एम.को आयोजना  र वडा नं. ९ को आर्थिक सहयोगमा सुरु भएको तालिमको सभाध्यक्ष रेडियो साथि एफ. एम.का  संयोजक टिकाराम रेग्मी, अन्य अतिथिहरुमा वडा सदस्य रविन्द्र मल्ल, राम किसन चौधरी, वडासचिव कृष्ण प्रसाद गौतम, शुशिल ज्ञवाली लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिको आसन वाट वोल्दै जनताको घर दैलोमा जाँदा आफुहरुलाई क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउन गरेको आग्रह वमोजिम यो तालिमको आयोजना गरेको भन्दै तालिममा सक्रियताका साथ सहभागि हुन र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु वडाले प्राथमिकतामा राख्ने बताए । वडा सदस्य मल्लले वडा कार्यालयले गरेको लगानीलाई उपलब्धि मूलक वनाई व्यवहारमूलक वनाउन आग्रह समेत गरे ।

तालिम उद्घाटन सत्रलाई समापन गर्दै रेडियो साथीका संयोजक रेग्मीले विगतका दिनमा सीप सिक्नका लागि नेपालगंज काठमाडौ लगायतका स्थानमा जानु पर्ने वाध्यता हटेको बतायदै स्थानिय तहले यस्ता कार्यक्रमको आयोजना  अज बढाउनु पर्ने बताएका थिए । जेष्ठ १ गते देखि सुरु भएको तालिम ३ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्: