वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

बाढी पीडितहरु प्रती गम्भीर र जिम्मेवार बन्न उच्च अदालतको आदेश

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार २२, २०७५ ।    

सोम गुरुङ्ग/बाँके ।

बाढी पीडितहरु प्रती गम्भीर र जिम्मेवार बन्न सरोकारवाला निकायलाई उच्च अदालतले आदेश जारी गरेको छ । बाँके र बर्दिया जिल्लामा गत वर्ष आएको बाढीले पुर्याएको क्षतीको उचित राहत र बाढीबाट प्रभावितहरुलाई बसोबासको ब्यवस्थाको माग राख्दै २०७४ भाद्र १९ गते उच्च अदालत तुल्सीपुर इजलाश नेपालगजंमा परेको सार्वजनिक सरोकारको रिट निवेदन विचारधिन रहेकोमा आषाढ २० गते उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा अन्तिम सुनुवाई हुँदै सो आदेश जारी गरिएको हो ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले न्यायधिशद्वय सारङ्गा सुवेदी र गणेश प्रसाद बरालको संयुक्त इजलासबाट विपक्षीको नाउँमा परमादेश जारी हुुने गरि फैसला गरेको हो ।  सो सार्वजनिक सरोकारको रिट निवेदन दिनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, बर्दिया बढैयाताल–१, निवासी सोम बहादुर गुरुङ्ग र इन्सेकका विनोद पाण्डे रहेका छन् । विपक्षीहरुमा जिल्ला प्रशासन कार्यालय, बाँके र बर्दिया, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँके र बर्दिया, र  जिल्ला दैविक प्रकोप उद्धार समिति, बाँके बर्दिया र हालको जिल्ला विपत ब्यवस्थापन समिति, बाँके र बर्दिया रहेका छन् ।

बाढी डुुबानबाट जनधनको क्षति भई सकेपछि राहत उद्धारको कार्य भए पनि दीर्घकालिन रुपमा प्राकृतिक प्रकोप न्युुनिकरण सुरक्षित बसोबासको समेतको दीर्घकालिन योजना नदेखिदाँ बर्षेनी जनधनको क्षति बेहोर्नु परेको र हाल स्थानीय सरकार गठन भईसकेको हुदाँ स्थानीय स्तरमै पनि विपत जोखिम न्युनिकरण योजना गरि कार्यान्वयन गर्न सक्ने अवस्था रहेको छ । विपत जोखिम न्युनिकरण तथा ब्वस्थापन ऐन २०१६ बमोजिम जिल्ला वितत ब्यवथापन समिति गठन भईसकेको अवस्था हुदाँ विपत जोखिम न्युुनिकरण तथा ब्वस्थापन ऐन २०७४को दफा १६(२) स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ११(९) द्धारा निदर्शित गरे बमोजिम विपत ब्यवस्थापन र जोखिम न्युनिकरणको लागि प्रभावकारी तत्कालिन, अल्पकालिन र दीर्घकालिन कार्य गर्न गराउन तत्कालिन जिल्ला दैविक प्रकोप उद्धार समिति बाँके र  जिल्ला दैविक प्रकोप उद्धार समिति, बर्दिया र हालको जिल्ला विपत ब्यवस्थापन समिति, बाँके र बर्दियाको नाउँमा परमादेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: