वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

यूएईमा जुटे बर्दियाली; बर्दियाली सेवा समाज गठन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, असार ५, २०७५ ।    
युएई ।
“ठाकुरद्वारा, कर्णाली, कृष्णसार अनी ताल बढैया ; सुखी, सम्रिद्ध, रमणिय, मिलनसार हाम्रो एउटै बर्दिया” मुल मन्त्र सहित रोजगारीको शिलशिलामा बर्दियाबाट युएईमा रहनु भएका बर्दियाली ब्यक्तिहरुको ब्रिहद भेलाबाट बर्दियाली सेवा समाज, युएई गठन भएको छ ।
भात्रित्व, आपसी सहयोग, मेलमिलाप, सामाजिक उत्तरदायित्व तथा आफ्नो जन्मभुमीको सेवामा समर्पित रहने उदेस्यका साथ नेपालीकै लगानीमा रहेको बर दुबईको सन एन्ड मून ट्राभल्समा १५ जुन, २०१८ का दिन उक्त भेला  सम्पन्न भएको हो । उपस्थित भेलाले बिगत १६ बर्ष देखी यूएईमा सपरिवार बस्दै आएका समाजसेवी बढैयाताल गाउँपालिका वार्ड न ३ सिमराका प्रकाश कोइरालाको संरक्षकत्वमा र रोजगारिकै शिलशिलमा यूएईमा रहेका ठाकुरबाबा १ भुरिगाउका रमेश प्रसाद तिमील्सेनाको अध्यक्षतामा १३ सदस्यीय  बर्दियाली सेवा समाज यूएई सर्वसम्मत गठन गरेको हो ।  समितिको उपाध्यक्षमा दिपक शाही ठकुरी, सचिबमा प्रभुनाथ घोडासैनी, उपसचिबमा हेमराज आचार्य, कोषाध्यक्षमा सुमन ज्ञवाली र सदस्यहरुमा शेर बहादुर कुँवर, सुमी पङेनी, रुपा दवाडी, पूर्णराज न्यौपाने, यज्ञ बहादुर थापा, धनीराम थारु, राज कुमार योगी, माधव गिरी चयन भएका छन।
त्यसैगरी सोही भेलाले सरस्वती न्यौपाने कोइराला, कैलाश भण्डारी, देबेन्द्र चालिसे, सुबाश शर्मा र तर्क बहादुर कुँवर रहेको ५ सदस्यीय सल्लाहकार समिती पनि चयन  गरेको छ ।
लगभग २५०० देखी ३००० बर्दियाली श्रमिकहरु रहेको यूएईमा निर्वाचित समितीले सबै बर्दियाली श्रमिक हरुको मनको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ र समितीले सबै बर्दियाली मनहरुलाई समाजमा जोडीन आब्हान् गरेको छ ताकी भबिष्यमा आइपर्ने हरेक समस्याहरुको सामुहिक रुपमा समाधान गर्ने प्रतिबद्दता समाजले गरेको छ ।
भेलाको अन्त्यमा समितिका सम्रक्षक तथा प्रमुख अतिथी प्रकाश कोइरालाले भेलाको उदेस्य, यूएईमा बर्दियाली समाजले आगामी दिनमा गर्ने कार्य योजनाहरु, सामाजिक संघ सस्थासँग स्थापित गर्नुपर्ने सम्बन्ध  साथै बर्दिया जिल्लाको आर्थिक, सामाजिक, राजनैतीक स्थिती,एतिहासिक सम्पदा सम्रक्षण तथा आगामी दिनमा बर्दिया जिल्लामा गर्न पर्ने र गर्न सकिने सामाजिक कार्य हरुको बारेमा प्रकाश परेका थिए ।
स्मरण रहोस बर्दियाली सेवा समाज युएई गठनपुर्ब ५ मे २०१८ दिन भएको बर्दियाली बिचको भेटघाटबाट नेपाली रु ५०,०००।०० सन्कलन गरी बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड न १ निवासी क्यान्सर पीडित एन्जिला शाहको उपचारार्थ उनको बुवा ओमबिक्रम शाहलाई पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्: