वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

बाँकेमा भएको ट्याक्टर दुर्घटनामा परि १ को मृत्यु, २ जना घाईते

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, बैशाख ११, २०७५ ।    

सन्ध्या शर्मा/नेपालगंज (बाँके) ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर–३, मानपुरमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने २ जना घाईते भएका छन् ।

भे १ त ४००६ नं ट्याक्टर मोड्ने क्रममा दुर्घटना हुँदा बर्दिया राजापुर नगरपालिका वडा नम्बर ३ घर भएकी ३९ वर्षिय देवि थारुको  हुँदा एक जना को घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर रनबहादुर विष्टले जानकारी दिए ।

घाईते हुनेमा बारबर्दिया नगरपालिका वडा नं १० का ३५ वर्षिय कालुराम चौधरी र सोहि ठाउँ निवासी ३० वर्षिय सेवकराम चौधरी रहेका छन् । दुबैलाई सामान्य चोट लागेको प्रहरीले बताएको छ ।

कालुरामको टाउकोमा तथा सेवकरामको हातमा चोट लागेको र उपचारकालागि नेपालगन्ज शिक्षण अस्पतालमा लगिएको छ । दुर्घटना लगत्तै ट«याक्टर चालक भने फरार हरेका छन् । उनको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: