वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

यात्रुका लागि सेनाले बनायो चेकपोष्टमा व्यवस्थित सौचालय

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, अशोज १३, २०७५ ।    

रम्भापुर,बर्दिया।
बर्दियाको रम्मापुर चेकपोष्टमा यात्रुहरुको सहजका लागि नेपाली सेनाले व्यवस्थित सौचालय निर्माण गरेको छ । बारबर्दिया नगरपालिकाको रम्भापुर चेकपोष्टमा पुर्व-पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई सौचालय गर्न असहज भएको महशुस गरी बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ शिव दल गणका नेपाली सेनाले सौचालय निर्माण गरेका हुन् ।
यसअघि अव्यवस्थित रुपमा रहेको सौचालयलाई निकुञ्ज तथा निकुञ्ज सुरक्षार्थ शिव दल गणको आर्थिक सहयोगमा नेपाली सेनाको टोलीले निर्माण गरेका शिव दल गणका गणपति चन्द्रप्रसाद चपागाईँले जानकारी दिए । रम्मापुर चेकपोष्टको पुर्व तर्फ राजमार्गको किनारमै महिला र पुरुषका लागि सावुन पानीको व्यवस्था सहित व्यवस्थित सौचालय निर्माण गरीएको गणपति चापागाईँले बताए । यसैगरी सैनवार चेकपोष्ट सहितका अन्य पोष्टहरुमा पनि यात्रुको सहजताका लागि सौचालय निर्माण गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: