वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

बाघको आक्रमणबाट मृत्यु भएका थारुका परिवारलाई ५० हजार हस्तान्तरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६ ।    

ठाकुरबाबा- बाघको आक्रमणबाट आईतबार बिहान मृत्यु भएका ७० वर्षिय पहरिया थारुका परिवारलाई ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठले तत्कालको राहत स्वरुप नगद ५० हजार हस्तान्तरण गरेका छन । मृतकका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत तत्काल राहत र आयआर्जनका लागि ५० हजार नगद हस्तान्तरण गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु व्यवस्थापन कोषबाट राहत र आय-आर्जनका लागि तत्काल ५० हजार दिने गरिएको छ ।
नगरपालिकाले नगरप्रमुखको राहत कोषबाट १० हजार र श्रीराम नगर उपभोक्ता समिति भुरिगाँउको तर्फबाट १० हजार उपलब्ध गराइने नगरप्रमुख श्रेष्ठले बताए। घटना दुःखद रहेको र भोलिका दिनमा यस्ता किसिमको घटना नदोहोरिन दिनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्तिका स्थानीयहरुसंग बृहत छलफल गरिने समेत नगरप्रमुख श्रेष्ठले बताए ।
मृतकका परिवारलाई नेपाल सरकारबाट प्राप्त हुने १० लाखका लागि कागजी प्रक्रिया मिलाएर हस्तान्तरण गरिने बर्दिया राष्ट्रिय निकुञ्जमा सहायक प्रमुख असोक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...