वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

थारु फिल्म भुरभुरा रहरको शुभमुर्हुत

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, चैत्र ११, २०७४ ।    

भगतराम थारु, नेपालगन्ज।
थारू भाषाको फिचर फिल्म भुरभुरा रहरको आइतवार नेपालगन्जमा शुभमुर्हुत गरिएको छ ।
पश्चिम नेपालको थारू समुदायमा दशैंको रौनकसँगै सखिया नाच्ने प्रचलनलाई आकर्षणको रुपमा निर्माण हुन लागेको भुरभुरा रहरको शुभमुर्हत नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो ।


गाउँका किशोरी/महिला तथा किशोर/पुरूषहरूको सामूहिक नाच सखिया हो । पुरुषहरुले बजाउने मादलको तालमा महिलाहरुले नृत्य गर्छन् । यो नाचमा मुजुराको ताल पनि अपरिहार्य हुन्छ यसै सेरोफेरोमा रहेर निर्माण गर्न लागिएको फिल्मका पटकथाकार सुशिल चौधरीले जानकारी दिए । मुजुरा महिलाले बजाउँछन् थारू समुदायमा दशैंको रौनक भनेकै सखिया हो सखिया नाच थारु गाउँमा एक महिना सम्म नाच्ने गरिन्छ पटकथाकार चौधरीले बताए । गाउँका सबै केटा तथा केटीमा सखिया नाच्नका लागि चाहिने सामानहरू नहुन पनि सक्छ । आर्थिक अवस्था निकै कमजोर भएका परिवारलाई त झनै गाउँमा हुने यस्ताखाले नृत्यमा सहभागी हुन कल्पनाको कुरा हुन्छ । भुरभुरा रहर त्यसैको सेरोफेरोमा घुम्छ । थारू गाउँकी एउटी किशोरीको रुमानी चाहना र घर परिवारको माया र पीडामा पोतिएको मनोविज्ञान यो फिल्मको मुख्य सार रहेको क्रियटिभ निर्देशक प्रणव आकाशले बताए । फिल्मले गाउँमा हुर्किएका एउटै उमेरका केटीहरूको मनोविज्ञान पनि दर्साउँछ । जो कोही आर्थिक रूपले सबल परिवार र कोही आर्थिक रूपले दयनीय परिवारमा हुर्किएका हुन्छन् यस्मा पनि फोकस गरिएको निर्देशक प्रणवले बताए । थारू भाषाको फिल्म एकदमै न्युन स्तरमा निर्माण हुन्छन् । निर्माण भएका फिल्मले पनि सिनेमा हल पाउँदैनन । उच्च प्रविधिको प्रयोग र गुणस्तरको कमीले पनि थारू भाषाका फिल्महरूले हल पाइरहेको अवस्था छैन । यही कमजोरी हटाउन हामी गुणस्तरलाई पहिलो प्राथमिकता दिएर लगानी पनि बढाएको फिल्मका निर्माता रामलाल चौधरीले बताए । थारू फिल्मको इतिहासमै यस फिल्ममा पहिलोपटक रेड क्यामेरा प्रयोग हुँदैछ । यो फिल्मको लागत करिब ४० लाख हुनेछ । फिल्मको छाँयाकन बर्दियाको ठाकुरद्वारास्थित पत्थरबोजीमा गाउँमा हुने निर्माता रामलालले बताए। थारू फिल्म प्रोडक्सन प्रालिको ब्यनरमा निर्माण हुने यो फिल्ममा निर्देशक मदन चौधरी, कार्यकारी निर्माता गायत्री चौधरी÷ हर्षनारायण चौधरी, सिनेमेटोग्राफर हरिनारायण चौधरी रहेका छन् यस्तै फिल्ममा कलाकारहरु इन्द्र चौधरी, भिष्मा चौधरी, लक्ष्मीमान चौधरी, सिवानी चौधरी, छबिलाल कोपिला, निरज चौधरी, भूमिका थारू, सुनिता चौधरी, शान्ति चौधरी, सुदीप चौधरी, तिजाराम चौधरी, लहिया चौधरी, रामलाल चौधरी, जानकी चौधरी, चेरु थारु, सितापति थारु, धनिराम थारु, प्रधान थारुको रहेको छ । । पत्रकार सम्मेलनको अध्यक्षता थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष विमला चौधरीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिह थारु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्: