वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

नेपालगन्जमा थारु कलाकारहरुको जम्काभेट

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, फाल्गुन ३०, २०७४ ।    

नेपालगन्ज, बाँके ।
बाँकेको नेपालगन्जमा थारु कलाकारहरुको ठुलो जम्काभेट भएको छ । मंगलवार साँझ नेपालगञ्जमा थारु कलाकारहरुको जम्काघटको माहोल कलाकार नरेश चौधरीले जुराएका हुन् । कलाकार नरेश चौधरीको निमन्त्रणामा थारु म्युजिक भिडियोका चर्चित कोरियोग्राफी तथा कलाकार विवश चौधरी,कलाकार नरेश चौधरी, रितु नानु चौधरी, राजकुमार थारु, डान्स कोरियोग्राफी कृष्ण चौधरी, पत्रकार भगतराम थारु लगायत बाँके बर्दियाका करिव १ दर्जन थारु कलाकारहरुको जम्काभेट भएको थियो ।
एकै ठाउँमा जमघट भएपछि थारु कलाकारहरु कसरी कलाकारिता बचाउन सकिन्छ भन्ने बारे चर्चा-परिचर्चा गरेका थिए । थारु कलाकारहरुको प्रथामिकता घटदै जानुको कारण, थारु कलाकारहरुको अवको बाटो र भविश्य लगायत विभिन्न विषयबस्तुमा उनिहरुले छलफल गरेका थिए । कला क्षेत्रलाई बचाई राख्न थारु कलाकारहरु एकजुट हुन अति आवश्यक रहेको कलाकार विवश चौधरीले बताए । जम्काभेट भएपछि कलाकारहरुले आ-आफ्नो कार्य कमि कमजोरी र सुधार गर्नुपर्ने कुराहरु खुलेरै राखेका थिए । केही महिनामा काठमाण्डौंमा हुन गैरहेको थारु कलाकारको जमघटमा बर्दियाबाट विवश चौधरी, सोमती चौधरी र बाँकेबाट सुनिता दहित र सोम भगौरा जाने करिव निश्चित भएको कलाकार विवशले बताए ।

प्रतिक्रिया दिनुहोस्: