वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

ठाकुरद्वारामा परम्परागत माघी मेला तथा पर्यटन महोत्सव संचालन हुने

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, पुस २५, २०७५ ।    

सौगात श्रेष्ठ/भुरिगाउँ ।
माघे संक्रान्ति नजिकिँदै गर्दा धार्मिक तथा पर्यटकिय क्षेत्र ठाकुरबाबा मन्दिर परीसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी मेघी मेलाको आयोजना गरिने भएको छ । बर्दिया माघी तथा पर्यटन महोत्सव २०७५ नाम दिईएको महोत्सव यहि पौष ३० गते देखी माघ ०४ गते सम्म संचालन हुने र मेलाका लागी स्टल बुकिङ्ग खुल्ला गरिएको आयोजक संस्था मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुन्ज नजिकको प्रसिद्ध धार्मिकस्थल ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिर परीसरमा लाग्ने परम्परागत माघी मेलालाई व्यवस्थीत रुपमा संचालन गर्ने उदेश्य सहित बसेको बैठकले स्टल बुकिङ्ग खुल्ला गरेको मन्दिर व्यवस्थापन समितीका कार्यबाहक अध्यक्ष डिलराज पौडेलले जानकारी दिए ।

मन्दिर रहेको स्थान वरपर बस्तीको विकाससँगै धेरै पहिले देखि प्रत्येक वर्ष माघे संक्रान्तीका दिन मन्दिरमा विशेष पूजाआजा गरीने र परम्परागत माघि मेला लगाईने गरीएको पाइन्छ । प्रत्येक वर्ष माघे संक्रान्तिको अघिल्लो दिन देखि माघ ६ गते सम्म लाग्ने परम्परागत माघी मेलामा बर्दिया सहित दाङ, बांके, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी राष्ट्र भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ श्रदालु भक्तजनहरु आउने गरेका छन् ।

मन्दिरको स्थापना अभिलेख केहि नभेटीए पनी करिब ३ सय वर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र सो ठाउँबाट उचाल्न नसकेपछि सोहि ठाँउमा राखिएको धार्मिक किम्बदन्ती रहेको छ । थारु जातीको पुजारी रहेको एक मात्र यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ती छ । थारु जातीले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको बताईन्छ ।

लामो समय सम्म सानो झुपडीको रुपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुन सक्ने खतराबाट जोगाउन ४५ वर्ष अघि पन्चायतकालमा स्थानीयवासीको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुन निमार्ण गरिएको बताईन्छ । माघे संक्रान्तीका दिन ठाकुरबाबाको दर्शन र पुजाआजा गर्नाले मनोकामना पुरा हुने र विषेश गरी जो कोही पनि निसन्तान दम्पतिका जोडी यस मन्दिरमा आई पुजाआजा र दर्शन गरेमा वर पाईने धार्मिक जनविश्वास रहेको छ ।

यो पर्वसंगै थारु जातीमा खेतबारी अधिया बटैँया लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनीबुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन पनि छ । परम्परागत माघि मेलाका लागि ठाकुरबाबा मन्दिरलाई विभिन्न तरिकाबाट सजाउने तयारी गरीँदैछ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...