वि.सं.   आइतवार, मंसिर २२, २०७६   तदनुसार  8 December 2019

ठाकुरबाबा नगरपालिकाले गर्‍यो शिक्षकहरुको हाजिरीजवाफ ; चुरे माविका शिक्षक भए प्रथम

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बिहिबार, अशोज २, २०७६ ।    
Loading...

बर्दिया- संविधान दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकामा शिक्षक शिक्षकहरु बिच बिहीबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगर क्षेत्रका आधरभुत तहका शिक्षकहरु हाजिरीजवाफ प्रतियोगितामा सहभागी भएका थिए ।
आधारभुत तहका शिक्षकहरु बिच भएको हाजिरीजवाफ प्रतियोगितामा चुरे माध्यमिक विद्यालय बग्नाहाले प्रथम स्थान हासिल गरेको छ । चुरे माध्यमिक विद्यालयबाट आधरभुत तहका शिक्षक टेकराज सुवेदी, धर्मराज घर्ती र विदुर केसी सहभागी भएका थिए ।
हाजिरीजवाफ प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँ दोस्रो भएको छ । यस विद्यालयबाट आधरभुत तहका शिक्षक पंकस थारु, केदार थारु र यमकला पौडेल सहभागी थिए । प्रतियोगितामा जनचाहना आधारभुत विद्यालय डुम्रेनीले तेस्रो स्थान हासिल गरेको छ । यस विद्यालयबाट शिक्षक प्रेमा खनाल, विष्णु खरेल र पवित्रा शाही सहभागी भएका थिए ।
प्रतियोगिता ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको हो । नगरमा यस अघि प्राथमिक तहका शिक्षकहरु बिच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने शिक्षक तथा विद्यालयलाई शुक्रबार संविधान दिवसका अवसरमा सम्मान गरिने कार्यक्रम रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामहरि रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्: