वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

‘गाउँटोलमा नगरप्रमुख’ अन्तरगत ठाकुरबाबाका नगरप्रमुख गाउँगाउँमा

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, पुस २५, २०७५ ।    

सौगात श्रेष्ठ/भुरिगाउँ ।
चुनावको बेला मात्र नेताहरु जनताको घर आँगन धाउने भनेर देशव्यापी रुपमा गुनासो आइरहेको बेला ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घन नारायण श्रेष्ठले “गाउँटोलमा नगरप्रमुख” भन्ने अभियान सुरु गरेका छन् । गाउँटोलमा नगरप्रमुख कार्यक्रम अन्तरगत ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले मंगलबार वडा नं. ३ को गोदाना गाउँका स्थानियहरु संग भेटघाट तथा छलफल गरेका छन् । छलफलका क्रममा नगरप्रमुख श्रेष्ठ, जनप्रतिनिधी र स्थानियहरुका बीच हालसम्म सम्पन्न भएका र सम्पन्न हुने अवस्थामा रहेका आयोजना तथा आगामी योजना र समसामयिक स्थानीय समस्याका बारेमा छलफल गरिएको छ ।

देश संघियतामा गए संगै सिंहदरबारको अधिकार गाउँगाउँमा गएको भनेर चर्चा गरिए पनी स्थानियहरु भने अझै पनी सेवा सुविधाहरु सहज रुपमा नपाएको गुनासो गर्ने गरेका छन् । स्थानियहरुलाई नगरपालिकाको कार्यालयले प्रदान गर्ने सेवा सुविधा, जानकारीहरु एवम् वडा तथा नगरपालिकाबाट प्राप्त हुने सुविधाहरुको जानकारी गराउने तथा आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न भएका कार्यहरुको समिक्षात्मक रुपमा जानकारी लिन आफु गाउँटोलमै पुगेको नगर प्रमुख घननारायण श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठ संगै वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु एवम् वडा सदस्यहरु पनी सो कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा चालु आर्थिक वर्ष २०७५/७६ का कार्यक्रम तथा योजनाहरुके बारेमा समेत छलफल भएको जनाईएको छ ।
भ्रष्टाचारमा शून्य सहनशीलतासंगै सहकारी एकिकरण अभियान, विपन्न जनता आवास कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, कृषिमा आधुनिकिकरण तथा पर्यटन प्रवर्धनसंगै संस्कृति संरक्षण जस्ता जनमुखी कार्यक्रमहरु संचालन गरिरहेको ठाकुरबाबा नगरपालिकालाई नमुना नगर बनाउन आफु लागी परेको र सो कार्यका लागि जस्तो सुकै मुल्य चुकाउन पनि आफु तयार रहेकोले उपरोक्त कार्यहरु आफ्नो एकल प्रयासबाट संभव नहुने भएकोले सबैले साथ दिन नगरप्रमुख श्रेष्ठले आग्रह गरे,”हिजो चुनावको बेला हामी अलग थियौ होला तर निर्वाचन सकिएसंगै आफु विना भेदभाव समग्र नगरको विकासमा लागेको र अन्य जन प्रतिनिधी, कर्मचारी एवं जनताहरुलाई पनि सोही अनुरुप समृद्ध नगरपालिका र सुखी नगरवासीको अभियानमा साथ दिन आग्रह गर्दछु ।”
पौष १९ गतेबाट जनताको गाँउटोलमा नगरप्रमुख अभियान सुरु गरेका नगरप्रमुखले यसअघी वडा नं ९ कल्याणपुर फांटा, ठाकुरद्वारा तथा वडा नं. ८ सुतैया गाउँमा पुगेर स्थानियसँग छलफल गरिएसकेका छन् भने नगरका करिब ९० वटा बस्तीमा पुगी जनताको चाहना बुझ्ने अभियानको लक्ष्य रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: