वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

ठाकुरबाबा नगरपालिकाले बनायो २० वर्षे गुरुयोजना

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर ६, २०७५ ।    

भुरिगाउँ,बर्दिया।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरको सन्तुलित र समग्र बिकास गरी समृद्ध, समुन्नत नगर निर्माण गर्ने उद्देश्यका साथ २० वर्षे गुरु योजना निर्माण गरेको छ ।
स्थानिय नागरिकको दक्षता तथा क्षमतामा अभिवृद्धि गरी सामाजिक तथा आर्थिक बिकासका नयाँ अवसरहरु सिर्जना गर्दै उल्लेख्य जनसहभागीतामा आधारित द्रुत तथा दिगो बिकासका माध्यमले नागरिकको गुणस्तरीय जीवनको सुनिश्चित गरी ठाकुरबाबा नगरपालिकालाई मुलुककै उत्कृष्ठ नगरको रुपमा बिकास गर्न “समृद्धिको लागि जनसहभागिता” नारा दिएर २० वर्षे गुरुयोजना तय गरिएको छ । गुरुयोजनाले नगरको समृद्ध बिकासलाई मार्ग निर्देश गर्ने, नगरबासीको प्रत्यक्ष सहभागीतामा नगरबासीहरुकै समृद्धि तथा नगरको समग्र बिकासको लागि योजनाबद्द रुपमा बिकास कार्यक्रमहरु सन्चालन गर्ने र नागरिकहरुलाई शुशासनको प्रत्यभुती गराउन सहयोग पुर्‍याउने उल्लेख गरिएको छ।

“समृद्धिको लागि जनसहभागिता” ठाकुरबाबा नगरपालिकाको २० वर्षे गुरुयोजनाको पुरा मस्यौदा यहाँ पढ्नुहोस् ।

नगरसभाले गुरुयोजनाले नगरको बिकासका नयाँ सम्भावनाहरु खोज्न सक्ने र बिकास प्रकृया संस्थागत र संगठित रुपमा अघी बढाउन सहयोगीसिद्द हुने कल्पना गरेपछी नगरप्रमुख घन नारायण श्रेष्ठको पहल र नेतृत्वमा गुरुयोजना निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: