वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

ठाकुरबाबामा स्थानिय पाठ्यक्रम निर्माणका लागि अन्तरक्रिया सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र १२, २०७५ ।    

बिमला ढकाल/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा स्थानिय पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिकाले स्थानिय पाठ्यक्रम निर्माणका लागी एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा वन तथा बन्यजन्तुको अवस्था, थारु समुदायको कला संस्कृती, बर्दियामा ब्याप्त सिकलसेल रोग, बाढिको जोखीमको अबस्था, बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा मन्दिर लगायतका विषयहरुलाई स्थानिय पाठ्यक्रममा समेटिनु पर्ने सरोकारवालाहरुले धारणा राखेका छन् । कार्यक्रमका सहभागीहरुले स्थानिय संस्कृती, योगध्यान, पर्यापर्यटन र जैविक विविधता, वातावरण शिक्षा, वन्यजन्तुको द्वन्द्ध, कम्प्युटर शिक्षा लगाएतका विषयहरु समेत स्थानिय पाठ्यक्रममा समेटिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

सम्पन्न भएको कार्यक्रमले स्थानिय पाठ्यक्रम निर्माणका लागी सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रमले राधा चौधरीको संयोजकत्वमा ३ सदस्यिय स्थानिय पाठ्यक्रम मस्यौदा समिती निर्माण गर्ने निर्णय गरेको छ । जसमा सदस्यमा नवराज ढुंगाना तथा सदस्य सचिबमा बालकृष्ण आचार्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...