वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

क्यान्सर पिडित छात्रालाई शिक्षकहरुले गरे ५० हजार सहयोग

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, भदौ ५, २०७५ ।    

विपन्न परिवारकी क्यान्सर पिडित छात्राको उपचारका लागि आर्थिक सहयोग जुटाउन विद्यालयद्धारा अभियान संचालन गरिने विद्यालयका शिक्षक अमर तिमिल्सेनाले जानकारी दिए ।

सुदीप अधिकारी/बर्दिया।
त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँका शिक्षक स्टाफले क्यान्सर पिडित एक छात्रालाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत क्यान्सर पिडित छात्रा मीना तिमिल्सेनाको उपचारका लागि विद्यालयका शिक्षक स्टाफहरुले ५० हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् ।
सोमबार विद्यालयमा भएको एक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुशेश्वर चौधरीले उक्त सहयोग रकम क्यान्सर पिडित छात्राका दाजु आशिष तिमिल्सेनालाई हस्तान्तरण गरेका हुन ।

आर्थिक सहयोगस्वरुप रु. ५० हजारको चेक हस्तान्तरण गर्दै विद्यालयका प्रधानाध्यापक ।

छात्रा तिमिल्सेना व्लड क्यान्सर रोगबाट पिडित रहेको परिवार स्रोतले जनाएको छ । करिव डेढ एक महिना अघि एक्कासी विरामी भएपछि तिमिल्सेनाका परिवारले उनीलाई चेक जाँचका लागि भारत लगेका थिए । त्यहा चेक जाँच गर्दा चिकित्सकले उनीलाई व्लड क्यान्सर भएको जानकारी दिएको दाजु आशिष तिमिल्सेनाले जानकारी दिए ।
भारतमा उपचार गर्दा धेरै रकम लाग्ने भएपछि क्यान्सर पिडित छात्रालाई उपचारका लागि चितवनको भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पताल लगिएको छ ।
ठाकुरबाबा नगरपालिका वडा नं १ जम्ती खोला नजिकै घर भएका तिमिल्सेना परिवारले आफुहरुको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । विपन्न परिवारकी क्यान्सर पिडित छात्राको उपचारका लागि आर्थिक सहयोग जुटाउन विद्यालयद्धारा अभियान संचालन गरिने विद्यालयका शिक्षक अमर तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: