वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका कृषकहरुलाई बाख्रा वितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार १, २०७५ ।    

बिमला ढकाल/भुरिगाउँ (बर्दिया) ।
थारु समुदाय विकास मञ्च भुरीगाउँले ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका कृषकहरुलाई बाख्रा बितरण गरेको छ ।

थारु समुदाय विकास मञ्चको आयोजना तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका २५ जना समुह सदस्यहरुलाई २/२ वटाका दरले बाख्रा वितरण गरिएको थारु समुदाय विकास मञ्चका सामाजिक परिचालक रविराज चौधरीले बताए ।

व्यवसायिक रुपमा बाख्रा पालनमा सहज होस् भन्ने उद्देश्यले थारु समुदाय विकास मञ्चले यसअघि कृषकहरुलाई तालिम समेत दिएको सामाजिक परिचालक चौधरीले बताए ।

यसअघि थारु समुदाय विकास मञ्चले ठाकुरबाबा र बारबर्दियाका २० जना कृषक समुहहरुलाई बंगुर  पालनको व्यबसायिक तालिम सहित २/२ वटाका दरले बंगुर समेत बितरण गरेको कृषि प्राविधिक बिनिता चौधरीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्: