वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

राजापुरमा तथ्याङ्क प्रमाणिकरण गोष्ठि सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, असार २३, २०७५ ।    

रन्जना परियार/राजापुर (बर्दिया) ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपजोन राजापुर बर्दियाको आयोजनामा राजापुरमा शनिबार तथ्याङ्क प्रमाणिकरण गोष्ठि सम्पन्न भएको छ ।

आयोजित गोष्ठिमा धान निति, गोडमेल, प्राविधिक सेवा सम्बन्धी, अनुदान, कृषि पूर्वाधार, नविनतम प्रविधिको प्रयोग लगायतका जानकारी मूलक तथ्याङ्क प्रस्तुत गरिएको थियो । गोष्ठिका सभाध्यक्ष सुपर जोन संचालक समितिका सहसंयोजक अग्नि प्रसाद अर्याल, प्रमुख अतिथि लेस वहादुर केसी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख कुल प्रसाद अधिकारी, बर्दिया उद्योग वाणिज्य संघ राजापुरका प्रतिनिधि, कुलापानी चौधरीहरु, दिदी बहिनी साना किसान कृषि सहकारी संस्था, कृषि विकास शाखाका प्रतिनिधि, मखमली कृषक समूह, गोदावरी कृषक, जन कृषि समूह, अगुवा कृषकहरु लगायतको उपस्थिति रहेको थियो ।

गोष्ठिमा चैतेधान सम्बन्धी जानकारी र सुपर जोनले राजापुर क्षेत्रमा गरेको प्रगतिको विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा राजापुरमा सिचाँई कार्यालयको स्थापनालाई जोड दिईएको थियो । सुपर जोनले विशेष गरी राजापुर नगरपालिकाको वदालपुर खल्लाजयपुर, पहाडीपुर, बडकाभवरा छोड्की भवरा क्षेत्रमा धान खेती गरिएको थियो । किसानले उत्पादन बढाउन रासायनिक मलमा भन्दा प्राङ्गारिक मलमा जोड दिनु पर्ने भन्दै अनुदानमा वितरण गरिएका पावर ट्रिलरको वारेमा जानकारी दिईएको थियो । परम्परागत खेती प्रणाली भन्दा आधुनिक तरिकाले मेसिनरी उपकरणबाट खेती गर्दा लागत कम हुने र उत्पादन समेत वढ्ने बक्ताहरुले वताएका थिए ।

प्रतिक्रिया दिनुहोस्: