वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, असार २४, २०७५ ।    

आशिष तिमिल्सिना/भुरिगाउँ (बर्दिया) ।
प्रकोपजन्य रोगहरु संग प्रत्यक्ष सम्बन्धीत स्वास्थ्यकर्मीलाई १ दिने अभिमुखीकरण कार्यक्रम ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा शनिबार सम्पन्न भएको छ ।

बर्दिया जिल्ला अस्पतालको आयोजनामा नेउलापुर स्वास्थ्य चौकी ठाकुरबाबा नगरपालिकामा सम्पन्न कार्यक्रममा प्राकृतिक प्रकोपबाट विपदमा  परेकालार्इ कसरि बचाउन सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ ।

आयोजित अभिमुखिकरण कार्यक्रमको अभिमुखीकरण बर्दिया जिल्ला अस्पतालमा कार्यरत् डाक्टर सुभास पाण्डेले गरेका थिए । कार्यक्रममा  ठाकुरबाबा नगरपालिका भित्रका सरकारी तथा  निजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: