वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

लैगिंक हिंसा न्यूनीकरणमा स्वास्थ्यकर्मिको भुमिका महत्वपूर्ण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ ।    

सोम गुरुङ/गुलरिया (बर्दिया) ।
लैगिक हिंसा न्यूनीकरणमा स्वास्थ्यकर्मीको भुमिका महत्वपूर्ण हुनेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । जिल्ला अस्पताल बर्दियाको सहकार्य, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुको स्वीकृतीमा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको आर्थिक सहयोगमा स्याक नेपाल बांकेको आयोजनामा बर्दिया जिल्ला अस्पताल र राजापुर नगरपालिकाका बिभिन्न स्वास्थ्य चौकी तथा प्राथामिक स्वास्थ्य केन्द्रका १२ जना स्वास्थ्यकर्मिहरुलाई लैगिंक हिंसा न्यूनीकरणमा स्वास्थ्यकर्मीको भुमीका बिषयक तालिम संचालन गर्नुपुर्व शिक्षार्थी निर्देशिका र क्लिनिकल प्रोटोकल वितरण गरिएको छ ।

उक्त वितरण गरिएको पुस्तक कसरी तयारी गर्ने, तालिममा सहभागि हुनु पुर्व पुस्तक किन राम्रोसंग पढ्नु आवस्यक छ भन्ने कुराको बारेमा सहभागीहरुलाई एक दिने अभिमुखिकरणका सहजकर्ता डा. बिजय उपाध्यायले प्रष्ट्याए । उक्त अभिमुखिकरणको जिल्ला अस्पतालमा रहेको एकद्धार संकट ब्यवस्थापन केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न सहयोग पुर्याउने र महिला हिंसा तथा बालबालिकाका घटनाहरुको प्रमाणहरु संकलन गरि हिंसा प्रभावितहरुलाई न्याय दिलाउनको लागि स्वास्थ्यकर्मिहरुले  हिंसा प्रभावितको शारीरीक चेकजाच गर्दा कसरी गर्ने र के कस्तो कुराको जांच गर्दा प्रमाण सुरक्षित कसरी गर्ने बारे तालिम दिई लैगिंक हिसां न्यूनीकरणमा स्वास्थ्यकर्मिहरुलाई संवेलनशिल हुन प्रेरीत गर्ने उद्धेश्यले संचालन गरिएको उद्धघाटन सत्रमा बोल्दै बालिका संरक्षण परियोजनाका कार्यक्रम संयोजक शेषकान्त शर्माले जानकारी गराएका थिए ।

उक्त अभिमुखिकरणका सहभागिहरुलाई जिल्ला अस्पताल बर्दियाका मे.सु. डा. सुवास पाण्डेले आफु र आफ्नो अस्पताल लैगिंक हिसां न्यूनिकरणमा सक्रिय भई लागेको जानकारीे गराएका थिए । उक्त अभिमुखिकरणमा  क्लिनिकल प्रोटोकल र शिक्षार्थी निर्देशिका  किताबमा भएका विषयबस्तु माथि छलफल भएको थियो र तालिममा सहभागि हुँदा कुन कुन विषय बस्तु कसरी पढ्ने भन्ने बारे सहजकर्ताले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...