वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

भुरिगाउँमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन हुदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, पुस १७, २०७५ ।    

भुरिगाउँ, बर्दिया ।
लायन्स क्लब अफ बर्दिया भुरिगाउँको आयोजनमा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

यहि पौष २१ गते त्रिभुवन माध्यमिक विद्यालय, भुरिगाउँको खुला मञ्चमा शिविरको आयोजना गर्न लागिएको लायन्स क्लब अफ बर्दिया भुरिगाउँका अध्यक्ष गोपाल निरौलाले बताए । आयोजना हुने शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य जाँच गर्न आयोजक संस्थाले आग्रह गरेको छ ।

स्वास्थ्य शिविरमा मुटुरोग, हाडजोर्नी, दन्त सम्बन्धी समस्या, बालरोग, स्तन तथा पाठेघरको क्यान्सरको विशेषज्ञ डाक्टरहरुद्वारा जाँच गरिने आयोजकले जनाएको छ । शिविरमा सामान्य चिकित्सा सेवा र निःशुल्क औषधी वितरण समेत गरिने बताईएको छ । संचालन हुने शिविरमा स्वास्थ्य चेकजाँच गर्नका लागी बिहान ०९ः३० बजे देखी पर्चा काट्न सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...