वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

स्वास्थ्य संस्थामा आकर्षित गर्न सुत्केरीहरुलाई मधुवनले थप भत्ता प्रदान गर्ने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २०, २०७५ ।    

मधुवन,बर्दिया।
बर्दियाको मधुवन नगरपालिकाले नगरपालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने महिलाहरूका लागि थप सुत्केरी भत्ताको ब्यवस्था गर्ने भएको छ ।
मधुवन नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाहरुका लागि नेपाल सरकारले दिने सुविधा भन्दा थप ५ सय रूपैयाँ सुत्केरी भत्ता, व्यवस्थापन गर्नेलाई २ सय रूपैयाँ र महिला स्वास्थ्य स्वयंसेविकालाई २ सय ५० रूपैया दिने निणय गरेको हो ।
सरकारले ब्यवस्था गरेको रकम भन्दा थप सुत्केरी भत्ता दिएर स्वास्थ्य संस्थामा आकर्षित गर्न र आमा तथा बच्चाको स्वास्थ्य राम्रो होस भन्ने उद्वेश्यका साथ सुत्केरी महिलाहरूका लागि थप सहयोगको व्यवस्था गरिएको मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले बताए ।

यो पनि पढ्नुहोस्:
ठाकुरबाबा नगरपालिकाको पेरहनीमा स्वास्थ्य केन्द्रको स्थापना

प्रतिक्रिया दिनुहोस्: