वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

सुष्मा कुँवरको हत्यारालाई कडा कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ, घटनाप्रती खेद प्रकट

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ ।    

गुलरिया, बर्दिया।
बर्दियाको सदरमुकाम गुलरियामा केही दिन अघी भएको घटनालाई लिएर महिला अधिकारकर्मीका साथै स्थानियहरु विरोधमा उत्रिएका छन। उनिहरुले आज गुलरियामा विरोध र्‍याली गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छ्न। श्रीमान मोहन बोहराले आफ्नै श्रीमती सुष्मा कुँवर बोहराको हत्या गरेको र हत्यामा उनका बाबूआमाले सहयोग गरेको बताउदै उनिहरु सबैलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै बिहिबार दिउँसो शान्तिपुर्ण तवरले जिल्ला प्रहरी कार्यलय बर्दिया घेराउ गरेका हुन।
बर्दियामा महिलाको हक अधिकार सम्बन्धी काम गर्ने निजि तथा सरकारी कार्यलयहरुको अगुवाईमा भएको विरोध कार्यक्रममा स्थानिय महिलाहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।
नेपालमा पटक पटक महिला माथि हुने गरेका अमानविय यस्ता घटनाले गर्दा महिला माथि उठन नसकेको भन्दै सरकारले यस्तो घटना घटाउने मान्छेलाई फासिको सजायसम्म तोक्नु पर्ने माग उनिहरुको छ ।

नेकपा बर्दियाद्वारा सुस्मा कुवरको हत्या प्रती खेद प्रकट

यसैबिच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बर्दियाले एक विज्ञप्ति शुष्मा कुवरको हत्याप्रति खेद प्रकट गरेको छ । नेकपा बर्दियाले प्रेस विज्ञप्ति जारी गर्दै मोहन बोहरा लगाएत घटनामा संलग्न दोषिहरुलाई तत्काल कडा कारबाहिको माग समेत गरेको हो । ‘निर्ममतापूर्वक हत्या गरिएको समाचारले हाम्रो पार्टी र जनसमुदायलाई स्तब्ध बनाएको छ’ नेकपा बर्दियाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा बर्दियाले हत्या गरि फरार बोहोरालाई प्रहरीले प्रकाउ बन्दी बनाउन सफल भएकोमा प्रहरी र प्रशासनलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...