वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

सूचनाको हक सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, जेष्ठ ९, २०७५ ।    

सोम गुरुङ्ग/नेपालगंज (बाँके) ।
सुशासनका लागि सूचनाको अधिकार भन्ने मुल नाराका साथ सूचनाको हक सम्बन्धि अनुशिक्षण कार्यक्रम नेपालगन्जमा  सम्पन्न भएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
अनुशिक्षण कार्यक्रमका सहभागीहरुले सूचनाको हक सम्बन्धि छलफल, अनुशिक्षण स्थानीय तहमा पनि हुनु पर्नेमा जोड दिएका थिए ।

सुचनाको हक सम्बन्धि अनुशिक्षणको सहजीकरण रेडियो बागेश्वरी एफ.एम.का स्टेशन प्रमुुख शुुक्रऋषि चौलागाईले गरेका थिए । सूचनाको हक सम्वन्धी ऐन र बाँके जिल्लामा कार्यान्वयनको अवस्था र चुनौती बारे अनुशिक्षणमा जानकारी गराईएको थियो ।

कार्यक्रमका सहभागीहरुले सार्वजनिक निकायका सम्पूर्ण निकायले सूचना अधिकारी तोक्नु पर्ने र सूचनाको हकलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: