वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

कथा : गृहणी

        अनिता खड्का   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २४, २०७४ ।    
  • अनिता खड्का

‘मम्मी हजुर किनर अफिस जानुहुन्न?’ ८ वर्षे समिक्षाको छोरा आराभ भान्सामा समिक्षाको अघीपछी गर्दै थियो । ऊसले छोराको कुरामा धेरै ध्यान नदिए झै गरि छोरा आराभको कुरालाई अन्तै मोडिदिई र फेरि भान्साको काममा आफुलाई व्यस्त बनाई । आराभले फेरि प्रश्न गर्न थाल्यो भन्नुस न मम्मी हजुर किन अफिस जानुहुन्नरु मेरो स्कुलमा सबै साथीहरुको मम्मी अफिस जानुहन्छ । समिक्षाले एकहातमा छोरा आराभको स्कुल व्याग अनि अर्को हातमा छोरालाई समात्दै भनी बाबु मेरो अफिस नै घर हो । त्यसैले म अफिसमा गर्ने सबै काम घरमा नै गर्छु । बाटोमा कुरा गर्दा गर्दै छोराको स्कुल पनि आईपुग्यो । आराभले समिक्षालाई मम्मी बाई भन्दै स्कुलको गेटबाट भित्र पस्यो । उसलाई छोराको प्रश्नले कता कता अनौठो अनुभुति भइरहेको थियो । घरमा फर्केपछि घरको काममा आफुलाई व्यस्त बनाई । केही दिन अघि ज्वरोले थला परेपछि उसको काम थुपरिएर बसेका थिए । लाग्थ्यो कतिबेला समिक्षा निको हुन्छे भन्दै कामले उसको प्रतिक्षा गरिरहेको छ । घर अस्तव्यस्त थियो लुगाहरु बाथरुम भरि थुपारिएका थिए । गमलाका फूलहरु पानी नपाएर ओईलिदै थिए । उता प्यारालाईसिसले थलापरेकी सासुआमा अनि सुगर र पे्रसरका बिरामी ससुराबाले बुहारी समिक्षा बिरामी भएदेखि उचित ख्याल पाएका थिएन् । औषधी समेत समयमा खान नपाएको गुनासो समिक्षालाई पोख्दै थिय । उता श्रीमान् र छोराको मायालु डगीले समेत समिक्षाले बनाएको चिकेन पिसको र खानाको स्वाद नपाएर रातभर कराएर छिमेकीलाई समेत सुत्न नदिएको भन्दै थिए । छोरो आराभ होमबर्क गर्न नपाएको र खाना राम्रो नभएको बताउदै थियो । उसका श्रीमान् सबिन आफु अफिस जान ढिला भएको र काममा फोकस गर्न नसकेको भन्दै समिक्षा निको भएकोमा रमाईरहेका थिए । मानौं घरमा कसैको जन्मदिन मनाँइदै छ । घरको अनेकौ जिम्मेवारीहरु कुनै अफिसको टि.वो. आर भन्दा कम थिएन समिक्षालाई ।
हतार हतार काम सकि उ टिफिनमा खाजा प्याग परि हस्पीटल तिर लाग्छे । हस्पीटलमा सविनका अकंल विरामी भएर भर्ना भएका थिए । समिक्षा अकंललाई राखिएको हस्पीटलको कोठा भित्र पस्छे । अनि बिरामी अंकललाई खाजा दिदै भलाकुसारी गर्छे । अकंल समिक्षालाई प्रश्न गर्छन् खै सविन आएन ? फोन सम्म पनि गरेन त रु उहां अहिले अफिसको काममा व्यस्त हुनुहुन्छ । आज हामी संगै आउने भनेका थियौ तर अफिसबाट ईमरजेन्सी प¥यो आउनुस भनि फोन आएपछि बिहान खाना पनि नखाई जानु भयो । नराम्रो मान्दै हुनुहुन्थयो । तिमी जाऊ, म अकंललाई साझ फोन गर्छु भन्नु भएको छ । सम्बन्ध बचाउनका लागि यस्ता अनगिन्ती झुटहरु बोलेकी थिइ समिक्षाले । सबिनलाई आफनो अफिसको काम बाहेक अरुको बारेमा सोच्ने फुर्सद समेत थियन् । घर परिवारका हरेक सदस्य, नातेदार, छिमेकी सबै संगको सम्बन्ध निभाउनको लागि उ रत्तिभर पछि पर्दिनथी ।
घडि हेर्छे ४ पो बज्न थालेछे छोरालाई लिन स्कुल जानुपर्छ भन्दै हस्पीटलबाट अंकल र आन्टी संग भोली आउछु भन्दै बिदा माग्छे । अनि हतार हतार छोरालाई लिन स्कुल पुग्छे । हेरक दिनको उसको आफनो कार्य समयतालिका छ । उक्त समय तालिकालाई कहिले पनि तल माथी पार्दिन उ । समयको ख्याल अनि समय संगै आफुलाई चलाउन सिपालु छे उ ।
साँझ खाना खान सबैजना संगै बसेका थिए । छोराले फेरि बिहानकै प्रश्न दोहो¥यायो र भन्यो मम्मी हजुर किन घरमै बस्नुहुन्छ ? दियाको मम्मीले झै किन अफिसमा काम गर्न जानुहुन्न ? मेरो स्कुलका सबै साथीहरुको मम्मी अफिसमा काम गर्नुहुन्छ । मलाई मेरो मम्मी घरमै बस्नुहुन्छ भन्न लाज लाग्छ मम्मी । मम्मी हजुर पनि अफिसमा काम गर्नु न म पनि मेरो मम्मी र बाबा दुबैजना अफिसमा काम गर्नुहुन्छ भनेर गर्वका साथ भन्न सक्छु ।
बल्ल समिक्षाले बिहान देखि छोराले गरेको प्रश्नमा स्पष्ट भई । उसलाई आफनो मम्मी गृहणी हो भन्दाको पिडा बुझि ।
समिक्षाले समाजशास्त्रमा मास्टर गरेकी थिई । आई. एन. जि. ओ मा जागिर खादै गर्दा उसले बिवाह गरेकी थिए । छोरा आराभ जन्मीए पछि उसले छोरा र परिवारको ख्याल गर्नु पर्ने जिम्मेवारी आएपछि जागिर छोडिकी थिइ । तर पनि दिउसो केही समय कलेज मा १÷२ वटा कलास पढाउथी तर सासुआमा विरामी भएपछि र छोरो आराभ विरामी भइराख्ने भएपछि उसले कलेज पढाउन पनि छोडिदिएकी थिई । उसलाई आफनो करियर भन्दा पनि छोरा र परिवारको उचित ख्याल गर्नुपर्ने आवश्यकता महसुस भएको थियो । तर जागीर छोड्नका लागि उसलाई सबिनले र घरपरिवारले दबाब भने कहिले दिएनन् । त्यो विषयमा आफुलाई भाग्मानी ठान्थी अनि बुझने श्रीमान् र घरपरिवार भएकोमा गर्व गर्थी । समय र परिस्थीतिले दिएको जिम्मेवारीका अगाडि उ स्वार्थी बन्न चाहिन । उसलाई केही समय आफनो करियरलाई रोकेर आफु आमा भएर छोरा र बुहारी भएर बिरामी सासु र ससुराको ख्याल गर्नुपर्ने मानविय दायित्वलाई उसले सहजै स्वीकारेकी थिई । उसले आफु पुर्णरुपमा गृहणी भएर आफनो करियरलाई सर्मपण गरेकी थिए ।
आफन्ती पर्ने बहिनीको बिहे थियो समिक्षालाई बारम्बार फोन आईरहेको थियो । शनिबार भएकाले सबिन पनि समिक्षा र छोरा संग बिहेमा गए । बिहेमा प्रोफेसन्ल व्यक्तिहरुको पनि सहभागीता थियो । सविनका साथीहरु पनि सहभागी थिए । बिहेमा सबै संग भेटघाट रामै्र भइरहेको थियो । सबै आ—आफना श्रीमति र बच्चा बच्चीहरु संग थिए । हरेकका श्रीमान्ले श्रीमतिलाई परिचय गराउदै थिए । कसैले आफनी श्रीमति लेक्चर, बैकर, सोसल वोरकर र सरकारी कार्यालयमा अधिकृत र नर्स भन्दै गर्दा सविलने मेरी मिेसेस समिक्षा भन्दै परिचयको अन्तय गरेका थिए । तर उनका साथीह्रुले भाउजु के गर्नुहुन्छ भन्दा उनि अपठ्यारो मान्दै हिचकिचाउदै गर्दा समिक्षाले भनि हालि म गृहणी हो । म आफनै पारिवारिक काममा व्यस्त छु भन्दै बडो गर्वका साथ भनेकी थिई ।
समिक्षालाई सविनले र छोरा आराभले गृहणी भन्न नसक्दाको पिडालाई उसले राम्रो संग बुझिकी थिइृ । आखिर अहिले सम्म गृहणी शब्दलाई उचित तवरले कसले पो परिभाषित गरेको छ । गृहणीलाई मात्र घरमै बस्ने अनि घरकै काम गर्ने महिला भनिदै आएको छ । तर गृहणी भएर पुरा गर्नु पर्ने जिम्मेवारीको महत्व भने सधै छायामा नै परेको छ । पिृतसत्तात्मक समाज जहां सामन्तवादले जरो गाडेर बसेको छ त्यहा महिलालाई घरभित्रकै काममा सिमित गरियो अनि पद दिईयो गृहणी तर उसले गृहणी भएर पुरा गर्नुपर्ने जिम्मेवारीको कहिले कदर नगर्ने समाजप्रति ठुलो गुनासो पोखि । उसलाई पुरुषले बाहिर कमाएर वा जागरि बाट कमाएको तलब वा रुपैयाको मात्र हाम्रो समाजले मुल्य तोकेको भान भइरहेको थियो तर गृहणी भएर एउटा परिवारलाई राम्रो आकार दिने र सफलतामा पु¥याउने कामको भने मुल्य तोकेको अहिले सम्म कतै भेटिन् । किनकी हामी भौतिकबादी भयौ अनि पैसा संग गृहणीको कामलाई दाजेयौ अनि कहाँबाट देख्छौ हामी गृहणीको महत्व । ऊ आफनै मनसंग समाजको यर्थातताप्रति विलौना गर्दै थिइ ।
गृहणीको कामलाइ काम मानिदैन त्यो कामको मुल्य नै देखिदैन किन कि त्यो काम आफैमा मुल्यवान छ भन्दै आफनो मनलाई सान्तवना दिई । परिवारको दायित्वलाइ सम्झी आफनो परिवारलाइ समर्पण गरेकी समिक्षा आज सदियौ देखि अध्यारोमा रहेको गृहणीको महत्व खोजिरहेकी छु जुन गृहणीको महत्वलाई न त सामन्तबादले बुझाउन सक्यो न त पूँजीबादले । पितृसत्तात्मक सोचमा हराएको गृहणीको परिभाषा तथा महत्व कहिले बुझछन् उ आत्मा सम्वाद गरिरन्छे मन सँग मनको भेल पोखिरहन्छे ।
मोबाईलमा रिङ्गटोन बज्छ उ झस्कीन्छे रबिनले फोन गरेछ उसको कलेज पढ्दाको साथी । रविन के छ खबर ? बिहेको निम्तो दिन त फोन गरेनौ रु उ जिसकिन्छे । रबिन भन्दै थियो । भने जस्ती केटी भेटिए तुरुन्त बिहे गर्छु अनि तिमीलाई निम्तो गर्छु मेरो बिहेमा । समिक्षा प्रश्न गर्छे रु कस्तो केटी खोजीरहेछौ तिमी बिहेको लागि । रविन भन्दैथियो मलाई जागिर खाएको वा जागिर खाने सम्भावना भएको केटी चाहियो म मेरो श्रीमति गृहणी होस भन्ने चाहन्न ।
उ फेरि अचम्म पर्छे । गृहणीको महत्व नबुझेको देख्दा तर पनि उ खुशी छे किनकी जमाना फेरिएछे कुनै समय महिलालाई घरमा गृहणीको रुपमा मात्र सिमित राख्न खोज्ने समाज आज घरदेखि बाहिर काम गर्नका लागी पनि महिलालाई अवसर दिदै छ । यद्यपि जागिरले महिलालाई गृहणीको भुमिकाबाट भने बन्चित गरेको छैन । पेशा र घरमा गृहणी दुबैको भुमिका निर्वाह गर्न सक्षम छन् महिलाहरु । तर अझैपनि हाम्रो सोचाईमा गृहणीको कार्यक्षमताको महत्व भने सधैझै ओझेलमा नै छ ।

प्रतिक्रिया दिनुहोस्: