वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

[कथा] अनौठो यात्रामा नसोचेको प्रेम

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस ४, २०७५ ।    

-अनिता खड्का

“हिड्दा हिड्दै अचानक बाटोहरु रोकिएको महसुस हुदै थियो, गन्तव्यहरु शुन्यतामा हराएको महसुस गर्दैथिए जीवनका अन्गिन्ती सपनाहरु केवल निन्द्रामा सिमित भएको महसुस हँुदैथियो, धन्न बाँचेछु ” सपना झस्याङ्ग भइन् । दाङ्ग नजिकै गाडि दुर्घटना भयो । उनि झ्याल नजिकै थिइन । सिसाहरु फुटेर चकनाचुर भएको थियो । एकछिनमा थाहा पाइन उनलाई केही भएको रहेनछ । अलिकति घुँडामा चोट लागेको थियो । उनि नेपाली संस्कृतिमा रिसर्च गर्दै थिइन त्यसै क्रममा उनि दाङ्ग जिल्लामा थारु संस्कृतिको रिसर्च सकेर लुम्बिनी क्षेत्रको अध्ययन गर्नका लागि त्यहाबाट बिहानै हिडेकी थिइन । गाडी दुर्घटनामा परेपछि त्यो दिन उनि कपिलवस्तुमै बसिन । भोलीपल्ट बिहानै लुम्बिनी तर्फको यात्रा सुनुश्चित गर्दै थिइन । माईक्र्रो बस उनकै छेउमा आएर रोकियो । बस भित्र चिहाइन सबै सिटभरी यात्रुले भरिएका थिए । पछाडीको सिट खाली रहेछ उनि सँगै एक जना यूवक पनि उनको पछि चढ्यो । उनि सिटमा गएर बसिन । उ पनि उनकै छेउमै आएर बस्यो । उनि झ्यालबाट बाहिरको दृश्य चिहाउदै सोच्दै थिइन रिसर्च पुरा गर्ने समयसिमा । उ उनको छेउमा बसेको थियो तर उनि आफ्नो ध्यान भने झ्याल बाहिरको दृश्य अनि आफ्नै कल्पनामा सिमित बनाउथिन । एकछिन सम्म गाडि हिडेन दिक्क मान्दै अर्को झ्यालतिर उनका आखाँहरु ठोकिदै थिए । आखाँहरु विस्तारै युवक तिर मोडिए सपनाका नजर उसकै नजरमा ठोकियो । आखाँमा सिधै हेर्ने बानी, सपनालाई उसका ठूला ठूला आखाँहरुले मोहीत बनायो । मन मनै वाउ ! नभनि बस्न सकिनन् ! कानमा मुन्द्रा लाएको केटो कतै आवारा केटो त हैन अलि डर लागे जस्तो भएछ । ह्यान्डसम नै भएन पनि के मतलब सपना फेरी आफ्ना आँखाहरुलाई झ्याल बाहिरको दृश्यतिर मोडीन । बाँकी रहेको सिटमा यात्रुहरु बस्दै थिए । उनि अझै झ्यालतिर सरिन । सायद उसले पनि बुझेछ उ अलि खुम्चीएर बस्यो । सपना जति बेला झ्यालतिरबाट आँखाहरु घुमाएर हेर्थिन उ पनि उनलाई नै हेरिरहेको हुन्थ्यो । कालो टिसर्टमा साच्चिकै राम्रो देखिएको थियो उ । सपना मौन थिइ अनि उ पनि मौन नै थियो । मौनता पनि उ सा¥है खुलेको थियो । फेरी एकजना यात्रु गाडिमा चढे अनि त्यही पछाडीको सिटमा बस्न गए । उनि सपना र युवकको बिचमा बाँकी रहेको अलिकति ठाउँमा अटस मटस गर्दै बसे । युवक सपनालाई हेरिरहेको थियो । सायद उ सपनाको सिटमा थोरै ठाउँकोहुनुको असजिलो महसुस गर्दै थियो । अब बस्नलाई अलिकति पनि ठाउँ खाली थिएन गाडी गुड्यो । गाडीको रफतार अलि बढि नै थियो । बल्ल तल्ल एउटा दुर्घटनाबाट बचेर आएकी सपना फेरी त्यही घटनाको यादतिर फर्कीइन् । मनैदेखी असाध्यै डराउने उनि सामान्य ज्वरो आउदा पनि मर्छु कि भन्ने डरले अत्तालिन्थिन । अब यो जूनि यति कै हो । उनि पछाडीको सिटबाट हँुतिदै अगाडि पूगिन । युवक पनि जंगेर अलि ठूलो स्वरमा करायो राम्रोसँग गाडी चलाउनु नि । । बेलाबेलामा उसको मोबाइलमा फोनको घण्टी बज्थ्यो, ऊ बुबासँग कुरा गरिरहेको थियो । बुबा छोराको कुराकानी भन्दा पनि साथी जस्तो थियो उनीहरुको गफ । जब फोन राख्थ्यो फेरी ऊ सपना तिर नजर दौडाउन सुरु गर्थ्यो । त्यतिबेला सम्म पनि दुवैजनाबीच कुराकानी भएको थिएन । बुटवलसम्मको माइक्रो बस थियो, बुटवल आएपछि बुटवल आयो भन्दै खलासी कराई रहेको थियो । लुम्बिनी जानका लागी भैरहवाको गाडी चढ्नु थियो सपनालाई । उनि त्यही ओर्लिइन ऊ पनि ओर्लियो । त्यसपछि ऊ बोल्यो तपाईँपनि यही सम्म हो ? अब बल्ल कुराकानी अगाडी बढ्यो । सपनाले उसलाई भैरहवा हुदै लुम्बिनी जान लागको बताइन अनि उनले पनि सोधिन तपाई नि ? उसले जवाफ दियो म यही बुटवलसम्म, बुवा लिन आउनुभएको छ ।
कुराकानी अगाडी बढ्दै थियो । उनले सोधिन घर नै यही हो ? उसले आफ्नो घर नै यही हो भन्यो । उसले पनि सपनाको बारेमा सोधिरहेको थियो । ऊ अष्टे«लिया बस्दो रहेछ । केहि समयका लागि नेपाल आएको बतायो । सपनाले फ्याट् भनिहाले नेपाली यूवाहरु सबै विदेश अनि कसरी हुन्छ हाम्रो देशको विकास । उ मुुसुक्क हाँस्यो । मुस्कुराँउदा उसका आँखाहरु भmन राम्रा देखिदै थिए । मुस्कान सँगै उसका आँखाहरु पनि मुस्कुराएका थिए । उसले भन्यो हैन म केही वर्षपछि फर्कने छु । मलाई त्यही हराउन मन छैन । सपनाले फेरी भनिहालिन भन्त सबैले त्यसै भन्छन् तर फर्कन भने गाहे मान्छन । उसले आफु त्यो फर्केर नआउने समुहमा नपर्ने जिकिर ग¥यो । दुबैजना बसपार्क भित्रको बाटो हुँदै मुख्य बाटोमा आइपुग्दै थिय । सपनाको हातमा ब्याग थियो अलि गाह्रो भएको उसले महसुस गरेछ अनि सोध्यो ब्याग म समाति दिन्छु नि । सपनाले पर्दैन म सकिहाल्छु भनि जवाफ दिइन । सकभर विचरी हुन चाहदैन्थिन सपना । आफ्नो काम आफैँ गर्न मन पराउने सपनालाई त्यो ब्याग उसलाई समात्न दिन मनले मानेन् । उसले बाटो पारीपट्टि आफ्नो बुवालाई देखेछ । बुवा बाइक साइड लगाएर उसलाई कुरेर बस्नु भएको थियो । उसले भन्यो मेरो बुवा लिन आउनु भएको छ । केही समय भएपनि दुबैबीच कुराकानी भयो । प्राय बाटोमा कुराकानी हुने व्यक्तिसँग नाम सोध्ने गर्थीन सपना यसपटक पनि उसले नसोध्दै उनले उसको नाम सोधिहालिन । उसले सपना तिर पुलुक्क हेदै भन्यो संयोग शर्मा । सायद अब उसलाई पनि उनको नाम सोध्न सजिलो भएछ । उसले .पनि सोध्यो अनि तपाईको नाम ? उनले भनिन म सपना मल्ल । दुबैजना बाटो क्रस गरेर पारी पुगे । उ सपनालाई त्यहाँ अगाडिपट्टि भैरहवाको गाडि पाउँछ भन्दै आफ्नो बुवाको छेउमा हास्दै पुग्यो । बुवा छोरा वर्षौ पछि भेटे जसरी खुशी हुदैँ गफ गर्न थाले । सपना उनिहरु भन्दा अलि अगाडी गएर गाडीको पर्खाइमा बसिन । सपना उनिहरु तिर फर्किदै गाडी हेरिरहेकी थिइन । कुनै गाडी आएको थिएन । सपनालाई लाग्न थाल्यो, कतै म गलत बाटोमा त गाडी कुरिरहेकी छैन अनि हतपत बाटोमा हिँडिरहेको एक युवकलाई सोधिन उनले यहिबाट भैरहवाको गाडी जान्छ भनेपछि अनि ढुक्क भइन । संयोग र उसको बुवा बाटोमै थिए । बुवा एकजना अर्को व्यक्ति संग कुरा गर्दै गर्दा उसका नजरहरु सपनातिर मोडिए । सपनाले पनि उतिर हेर्दै गाडी नपाएको जानकारी मुसुक्कराउदै दिइन ।
संयोग बाइकमा बुवालाई बसाएर सपनाकै छेउबाट निस्कियो अनि टाउको हल्लाउदै गए भन्ने जानकारी गरायो । सपनाले पनि टाउको हल्लाउदैको बाई भनिन । एक छिनमा भैरहवाको गाडी आएपछि उनि चढिन र लुम्बिनी पुगिन । दिउँसभरि काममा व्यस्त भइन अनि साँझ होटेल खोजेर त्यहि बसिन । सपना रिसर्ज चाँडो भन्दा चाँडो सकेर काठमाण्डौँ फर्कने योजनामा थिइन । काठमाण्डौँमा थुप्रै कामहरु गर्न बाकी थियो । ल्यापटब खोलिन अनि आफ्नो कामलाई अगाडी बढाइन । फेसबुक खोलिन फेसबुकमा म्यासेज आएको थियो । हाई ! म संयोग शर्मा आज यात्रामा बनेको नयाँ साथी । झल्यास भइन । उसले फ्रयान्ड रिक्वेस्ट पठाएको रहेछ । अनि उसको फ्रयान्ड रिक्वेस्ट एसेप्ट गरिन । संयोग अनलाइनमा मै थियो, उसले प्रश्न गर्यो गाडी कति बेला पायौ अनि रिसर्च कस्तो भयो ? सपना उसका सबै प्रश्नहरुको जवाफ दिदै गइन । हरेक दिन उनिहरु अनलाईनमा कुरा गर्थे । अनि एक अर्काका दिनचर्या सुनाउथे । लुम्बिनीको काम सकेर सपना काठमाण्डौँ फर्किइन । दुबैबिच मित्रता प्रगाढ बन्दै थियो । सपना आफनो रिसर्चमा व्यस्त थिइन । संयोगको पनि अष्ट्रेलिया फर्केने समय नजिकिदै थियो । अचानक केही समयपछि संयोगले सपनालार्ई बिहेको प्रस्ताव ग¥यो । उनि अचम्मित भइन । सपनाले सोच्दै नसोचेको विषयमा संयोगले सोच्न भ्याएको थियो । उसलाई चित्त दुखाउने मन नँहुदा नँहुदै पनि सपनाले उसको प्रस्तावलाई इन्कार गरिन । संयोग सपनासँग इन्कार गर्नुको कारण माग्दै थियो । सपना सँग कुनै जवाफ थिएन । उनि जवाफबिहिन भइन । सपनालाई संयोगसँग कुनै गुनासो थिएन । “साथी बाहेक हामी हाम्रो सम्बन्धलाई अरु नाम दिन सक्दैनौ संयोग” भन्दै सपनाले आफ्नो प्रतिकृया व्यक्त गरेकी थिइन् । संयोग भने सपनासँग तिमीले बाहाना गरेको भन्दै रिसाउदै थियो । संयोगले आफ्नो प्रश्नको चित्तबुझ्दो जवाफ नपाएपछि उ सपनादेखि एक्कासी टाढा भयो । सपनालाई पनि संयोगको मनलाई बिथोलन मन लागेन् उनि मौनतामा मित्रतालाई पछाइरहिन । त्यो समयपछि सपनाले संयोगलाई कहिले अनलाइनमा देखिनन् । करिब ६ महिनापछि फेसबुकमा संयोगले प्रोफाइल पिक्चर राखेको थियो । सपनाका आँखाहरु उसको प्रोफाइल पिक्चरमा पुग्यो । रंगीन प्रोफाइल पिक्चरले सपना झल्यास भइन अनि सम्झिन त्यो यात्राको यात्रीलाई जो सपनाको भविष्य बन्न चाहन्थ्यो । प्रोफाइल पिक्चरमा संयोगलाई बिहेको बधाईका कमेन्टहरुको वर्षा भएको थियो । उनले पनि बधाई भनेर फोटोमा कमेन्ट गरिदिइन । संयोग अनलाइनमा रहेछ सपनाले हाई ! भन्दै फेरी बधाई दिइन् । अनि बिहेमा निम्तो समेत नगरेको भन्दै गुनासो गरिन । निम्तो के का लागि ? उ अलि रिसाएर जवाफ दियो । तर सपनाले प्रश्न गरिरहिन । अनि संयोगलाई जवाफ दिन बाध्य बनाइन । उसले भन्यो । “म कमजोर थिए त्यसैले तिमीलाई निम्तो दिनका लागि आँट गर्न सकिन, किनकी मेरो चाहाना थियो तिमीलाई मेरी बेहुली बनाउने अनि कसरी भन्न सक्थे सपना तिमीलाई मेरो बिहेको निम्तो छ भनेर” । सपना एकछिन मौन भइन अनि बाई भन्दै कुराकानीलाई बिट मार्न खोज्दैथिइन तर उसले बाईको जवाफ दिएन । अनि फेरी प्रश्न ग¥यो । किन तिमीले मलाई इन्कार ग¥यो ? बारम्बार संयोगले प्रश्न गरिरह्यो । आखिर तिमीले मलाई किन नाई भन्यो के तिमी मलाई चाहन्नथ्यौै ? सपनालाई सवाल जवाफ गर्नु उचित लागेको थिएन । “संयोग अब तिमी अरु कसैको भइसक्यो प्लीज अब फेरी त्यही कुरामा प्रश्न उत्तर गर्नु ठिक हैन ” भन्दै कुराको अन्त्य गर्न लागिन । तर संयोगले सोध्न छाडेन । सपना संयोगलाई सम्झाउदै थिइन “म त्यति बेलापनि तिम्रो साथी थिए र अहिले पनि छु र सधैँ हुनेछु तर तिमीले त मलाई साथी पनि मानेनौँ, बिहे गर्र्दैछु सम्म भनेको भएपनि सायद मलाई खुशी मिल्थ्यो ? सपनाले संयोगलाई गुनासो गरिन । तर त्यो दिन संयोगको पालो थियो उसले सपनासँग खुब रिस पोख्यो । तिमीले मलाई बुझेनौै भन्ने आरोप समेत लगाइ छाड्यो । संयोग बिहे कहिल्यै गर्याै ? २ महिना भयो बिहे गरेर अष्टे«लियामा फर्कि सके संयोग भन्दै थियो । २ महिनाअघि बिहे गरेर फोटो चाहि अहिले सेयर गरेको नेपालमै हुँदा सेयर गरेको भए पार्टी दिनु पर्छ भनेर होला है ? सपनाले उसलाई जिस्काउदै हसाउँन खोजिन किनकी मौन त्यो वातावरणलाई सपनाले चिर्ने प्रयास गर्न खोज्दैथिइन ।
“श्रीमतीले हाम्रो बिहेको फोटो सेयर किन नगरेको कतै हजूरको गर्लफ्रेन्ड त थिएन भन्ने प्रश्न गरेकीले फोटो सेयर गर्न बाध्य बने सपना” । उनि हाँसिन कमसेकम यहि बहानामा उ सोसलसाईडमा सोसलाइज त बन्न सिकेछ । सपनाले फेरी प्रश्न गरिन तिमी त गायब नै भयो नि ? उ भन्दैथियो गायव भएको थिईन, हरेक दिन तिम्रो प्रोफाइल हेरिरहे र अहिले पनि हेर्छु तर तिमीले वास्ता नगरेपछि मैले तिमीलाई डिस्टप गर्न चाहिन् मात्र यहि फरक हो सपना । सपनालाई पनि धेरै समय पछि ऊसँग कुरा गर्न पाउँदा खुशी लागेको थियो । संयोग आफ्नो हरेक सुखदुखका कुराहरु सपनासँग साट्थ्यो । उनिहरुबीचको मित्रता निश्चल थियो । सपनालाई संयोगको इमान्दारी र असल व्यवहारले लाग्थ्यो कोही होस् त केवल उ जस्तो । किनकी आजकाल असल मानिस भेट्नु हिरा फोड्नु जस्तै थियो । समय पनि बितेछ । सपना अध्ययनका लागि अमेरिका गइन । संयोग बाबु बन्दै थियो । सपनाले उ बाबु बन्दै गरेको कुरा सुनेपछि फेरी उसलाई बधाई दिइन । संयोगकोे खुशीमा सपनापनि रमाएकी थिइन । तर संयोगको खुशी देख्नका लागि सपनासँग धेरै समय थिएन । उनको जीवनको गाडी रोकिदै थियो । यात्रामा गाडीको रफ्तारले जीवन गुमाउछु कि भनेर डराउने सपना आज आफ्नै जीवनको गाडी रोकिन लाग्दा उनलाई डर लाग्न छोडिसकेको थियो । सपनाले ऐनामा आफुलाई नियालेर हेरिन अनि मृत्यु नजिक आइसकेको महशुस गरिन । अनौठौ यात्रामा कठिन प्रश्नहरुको सवाल जवाफमै यात्रा टुगिंदै थियो । मुटुको रोगबाट ग्रसित सपना औषधीको सहारामा बाच्दै थिइन जब सम्म बाँच्ने आशा थियो तब सम्म हाँसेर बाच्ने प्रण गरिन ।

ठाकुरबाबा, बर्दिया।

प्रतिक्रिया दिनुहोस्:


Loading...