वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

रातीको १० बजे पछी साउण्ड सिस्टम नबजाउने नगरपालिका र ब्यवसायी बिच सहमती

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ ।    

रातीको १० बजे पश्चात ध्वनी असर पर्ने गरी साउण्ड सिस्टम बजाउन नपाईने सहमती भएको छ।

भुरिगाउँ, बर्दिया ।

विवाह, ब्रतबन्ध, जन्मदिन तथा विभिन्न शुभकार्यहरु हुँदा चर्को गरी बज्ने गीत–संगीत तथा विभिन्न आवाजले आक्रान्त भएका ठाकुरबाबा नगरबासीहरुले राहत महसुस गर्न पाउने भएका छन् । नगरपालिका र साउण्ड ब्यवसायीहरु बिच सार्वजनिक स्थल नजिक तथा रातीको १० बजे पश्चात ध्वनी असर पर्ने गरी साउण्ड सिस्टम बजाउन नपाईने सहमती भएको छ।

ठाकुरबाबा नगरपालिका र टेन्ट हाउस तथा साउण्ड सिस्टम व्यवसायीहरु बिच भएको छलफल पछी कुनैपनि समयमा चर्को आवाजमा, विद्यालय क्षेत्र नजिक तथा  राति १० बजे पछी बाजाहरु बजाउन नपाईने सहमती भएको नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।

टेण्ट हाउस तथा साउण्ड व्यवसायीहरुले चर्को आवाजमा र अबेर राती सम्म गितहरु बजाउँदा पर्यटक तथा नगरवासी सबैलाई असर गरेको महशुष गरी अबदेखि चर्को आवाजमा र राती १० बजेपछी साउण्ड सिस्टम नबजाउनेमा आफुहरु सहमत भएको व्यवसायी गोपाल थारुले बताए ।

प्रतिक्रिया दिनुहोस्: