वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

बर्दियामा बलात्कारको आरोपमा दुई पक्राउ

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, चैत्र १०, २०७४ ।    

गुलरिया, बर्दिया ।
बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार दुइ जनालाई पक्राउ गरेको छ । गुलरिया ६ बस्ने इब्राहिम मनियार र बारबर्दिया नगरपालिका बनियाभारका नरबहादुर घिमिरेलाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गरलरिया र बनियाभारका अझै दुइृवटा बलात्कारका घटनाबारे उजुरी दिने पीडित पक्षको तयारी छ । गत शनिबार यता बर्दियाका विभिन्न ठाउँमा बलात्कारका चारवटा मुद्दा दर्ता भएको र दुईवटा मुद्दा दर्ता प्रक्रियामा रहेको प्रहरीको भनाइ छ ।
माया प्रेममा धोका, मदिरा सेवन र सामाजिक सञ्जालको दुरुपयोगले बलात्कारका घटना बढेको प्रहरीको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्: