वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

स्मार्ट विद्यालय निमार्णका लागि रकम जुटाउन गर्न महायज्ञ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर ९, २०७५ ।    

सुदीप अधिकारी/भुरिगाउँ।
स्मार्ट विद्यालय निमार्ण गर्नका लागि जिल्लास्थित एक सामुदायिक विद्यालयले शैक्षिक तथा धार्मिक एवं धान्याचल महायज्ञ संचालन गरेको छ । ठाकुरबाबा नगरपालिका–१ डुम्रेनीस्थित जनचाहना आधारभूत विद्यालयले स्मार्ट तथा सुविधा सम्पन्न विद्यालय निमार्णका लागि महायज्ञ आयोजना गरेको हो ।
महायज्ञ आइतबारदेखि सुरु भएको छ । महायज्ञबाट संकलन भएको दान रकम स्मार्ट विद्यालय निमार्ण तथा अन्य भौतिक तथा शैक्षिक विकासमा खर्च गरिने आयोजकले जनाएको छ ।
विद्यालयको प्राङ्गणमा संचालन भइरहको महायज्ञ मंसिर १६ गते आइतबार सम्म चल्ने बताइएको छ । सात दिनसम्म संचालन हुने उक्त महायज्ञमा नेपालकै चर्चित अठार पुराणका वाचक गुरु पण्डित बन्धुराज खनालले युवा कथा वाचन गरेका छन् । भने महायज्ञको संकल्पकर्ताको रुपमा गोविन्द शरण महाराज जी रहेका छन् ।
महा यज्ञबाट करिव १ करोड रुपैँया दान सकलन हुने अपेक्षा गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष देवानन्द जैशीले बताए । महायज्ञमा दान स्वरुप जिन्सी र नगद मात्र स्वीकार गरिने आयोजकले जनाएको छ । महायज्ञमा ५१ लाख रुपैँया दान गर्ने दातालाई दान शिरोमणी पद प्रदान गरि निजले तोकेको नामबाट विद्यालय भवनको नामाकरण गरिने प्रतिवद्धता गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी खनालले बताइन् ।
वातानुकुलित कक्षा कोठा, कम्प्युटर तथा प्रोजेक्टरबाट पठनपाठन, सुविधा युक्त बसाई, शैक्षिक सामाग्रीको अधिक्तम, सुरक्षित खानेपानी तथा शौच लगाएतका सुविधा स्मार्ट विद्यालय अन्र्तगत पर्दछन् । स्मार्ट विद्यालय निमार्णले बालवालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहज हुने विद्यालयका शिक्षकहरु बताउँछन् । विद्यालय तथा आफनो क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने भन्दै स्थानियबासी तथा अभिभावक महायज्ञलाई सफल पार्न जुटेका छन् । महायज्ञमा संकलन भएको दान रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासमा प्रयोग गरिने भएकाले आफनो क्षमता अनुसार सक्दो दान गरिदिनका लागि सर्वसाधारण तथा अभिभावकहरुलाई विद्यालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: