वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

बर्दिया सितापुर बाघ आक्रमण : एकको ज्यान गयो; एक घाईते

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, माघ २२, २०७५ ।    

बढैयाताल,बर्दिया।
सोमबार बेलुका बढैयाताल गाउँपालिकामा पाटे बाघको आक्रमणमा परि घाईते एकको ज्यान गएको छ। बढैयाताल गाउँपालिका-२ सीतापुर गाउँमा पसेर पाटे बाघले आक्रमण गर्दा २ जना स्थानीयवासी घाइते भएका थिए।
बाघको आक्रमणमा परि सख्त घाईते ७१ वर्षीय चन्द्रबहादुर शाहीको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ। त्यस्तै घाईते ३० वर्षीय विजय बुढाक्षेत्रीको उपचार भईरहेको बताईएको छ ।
बाघको आक्रमणबाट थप क्षति हुन नदिनका लागि इलाका प्रहरी कार्यालय मैनापोखरले माइकिङ्ग गरी स्थानीय बासिन्दालाई घर बाहिर ननिस्कन र घरको ढोकाको चुकुल लगाएर घरभित्रै बस्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए । बाघ बर्दिया निकुञ्जबाट अथवा भारतको जंगलबाट गाउँ पसेको हुन सक्ने अनुमान छ । अत्तालिएर गाउँ पसेको बाघ होहल्ला नभएमा विस्तारै आफ्नो बासस्थानतर्फ प्रवेश गर्न सक्ने समेत निकुञ्जको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...