वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

सरोकारवाला बिच सिफारिस प्रणाली सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ ।    

भिमा कंडेल/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा सिफारिस प्रणाली सम्बन्धी सरोकारवालासंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपाल, फिल्ड अफिस नेपालगञ्जको साझेदारी तथा ओरेक नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

लैङगीक हिंसा न्युनिकरणका लागी सचेतना कसरी फैलाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्ने उद्देश्यले अन्तरक्रृया कार्यक्रमको आयोजना गरीएको  आदर्श किशोरी केन्द्रकी सहजकर्ता कमला चौधरी दुव्राकोटिले बताईन ।

आयोजित अन्तरक्रृया कार्यक्रममा बालविवाह रोकथाम गर्न जनचेतनामुलक अभियान, विद्यालय केन्द्रीत कार्यक्रम, गाउँस्तरबाट महिला पुरुष समावेसी कार्यक्रम, स्थानिय सिफारीस संरचना अनुसार सिफारीस, सिफारीस प्रणालीबाट सुचना प्रचारप्रसार गर्ने, लैङ्गीक हिंसा र महिला हिंसामा काम गर्ने संस्था र ब्यक्तीको अभीलेख गरी वडा  र नगरपालिकामा राख्ने र वडा स्तरमा कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: