वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

सिमसार संरक्षण नहुँदा जलीय विविधता जोखिममा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, फाल्गुन ७, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
सरकारले सिमसार क्षेत्र संरक्षण गर्न चासो नदिँदा जलीय विविधता नष्ट हुन थालेका छन । बर्दियामा रहेका प्राकृतिक ताल लगायत सिमसार क्षेत्र संरक्षणमा राज्य अग्रसर नभए पछि जलीय विविधता नष्ट हुने जोखिम बढ्दै गएको हो ।

बर्दियामा रहेका सतखलुवा, बढैया, भगर, सर्जु, ताराताल लगायत आधा दर्जन भन्दा धेरै प्राकृतिक सिमसार क्षेत्र संरक्षण अभावमा खतराको संघारमा छन । राज्यले महत्वपूर्ण तालहरू संरक्षण गर्नुको साटो आर्थिक प्रलोभनमा परी ठेक्कामा दिने परिपाटीले पनि सिमसार क्षेत्र ओझेलमा परेको स्थानियहरुले गुनासो गरेका छन ।

सरकारी स्तरबाट ताल संरक्षणमा चासो नदिँदा धेरै जसो ताल तलैया सुक्नुका साथै अतिक्रमणको चपेटामा परेका छन । धेरैजसो तालहरू स्थानीय स्तरमा माछा पालनका लागि ठेक्कामा दिइँदा तालमा विषादी प्रयोगले जलीय विविधता नष्ट हुने खतरा बढेको हो । माछा मार्न विषादी प्रयोग गर्दा जलीय विविधता जोखिममा परेका हो ।

प्रतिक्रिया दिनुहोस्: