वि.सं.   बिहिबार, मंसिर २७, २०७५   तदनुसार  13 December 2018

हिंसाबाट प्रभावित महिलाहरुका लागी संचालित सिलार्इ कटार्इ तालिम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, जेष्ठ २६, २०७५ ।    

भिमा कंडेल/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा संचालित तीन महिने  सिलार्इ कटार्इ तालिम शनिबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ओरेक नेपालले तालिमको आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका भित्र रहेका विभिन्न हिंसाबाट प्रभावित ७ जना महिलाहरुलाई जिविको पार्जनका साथै आर्थिक रुपमा सक्षम र सशक्त बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको जनाईएको छ ।  तालिममा सहभागि ७ जना हिंसापिडित महिलाहरुलाई सिलाई मेसिन समेत बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: