वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

शिवरात्रीमा बृद्धबृद्धाहरुको सम्मान

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, फाल्गुन २०, २०७५ ।    

भुरिगाउँ (बर्दिया) ।
जेष्ठ नागरिक चौतारी भुरिगाउँले शिवरात्रीको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ठाकुरबाबा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हरिराम थारु, भवन निर्माण समितिका अध्यक्ष चक्र बहादुर शाही सहित ८० वर्ष भन्दा माथीका ५ जना जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

शिवरात्रीको अवसरमा जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम आयोजना गरिएको र यस कार्यक्रमले निरन्तरता पाउने जेष्ठ नागरिक चौतारी भुरिगाउँले जनाएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती ठाकुरबाबा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिराम थारुले जेष्ठ नागरिकहरु जिउँदो इतिहास भएको भन्दै बृद्धबृद्धाहरुलाई मायाँ र सम्मान गर्नुपर्ने तथा जेष्ठ नागरिकहरुको अनुभवहरुबाट नयाँ कार्यहरुको थालनी गर्न सकिने बताए ।

कार्यक्रमका क्रममा बोल्दै प्रमुख अतिथी थारुले आफुहरुले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्दा जेष्ठ नागरिक थलोमा आई योजना बनाउने बताउँदै सान्दर्भिक योजनाहरु बनाउन पनि अनुरोध गरेको जेष्ठ नागरिक चौतारी भुरिगाउँका सचिव हरिकृष्ण अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...