वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

कोठियाघाटमा शिव साधना शिवीर सुरु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५ ।    

हरी गुरुङ/मधुवन (बर्दिया) ।
पिण्डेश्वर शिवलक्ष्मी धाम, बर्दिया शाखाको आयोजनामा मधुवन नगरपालिकाको कोठियाघाट शिव मन्दिरमा शुक्रबार देखि ५ दिने शिव साधना शिवीर सुरु भएको छ । शिवीर आवासिय भएकाले ५ दिनसम्मका लागि खाना र बस्ने व्यवस्थाका गरिएको शाखा उपाध्यक्ष एवं शिव साधना संयोजक ज्ञानुमाया रिजालले जानकारी दिइन् ।

संकटमोचन स्वरुप मदनबाबाको सामिप्यतामा आयोजना हुने शिवीरमा साधकहरुले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाउने अपेक्षा आयोजकले गरेको छ । बर्दियाको मधुवन नगरपालिकाको कोठियाघाट नजिक रहेको शिव मन्दिरको प्राङ्गणमा सुरु भएको शिवीरमा करिब १ हजार साधकहरुको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: