वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

शहीद -चूरे मा.वि.बर्दियाकी छात्रा स्वस्तिका लम्सालको कविता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, माघ १६, २०७५ ।    

शहीद 

-स्वस्तिका लम्साल

जन्मन त धेरै जन्मिए
तर उनी शहीद जस्तो होइन,
मर्न त धेरै मरे तर उनी जसरी होइन ।

सबै मानिस देशमा बाँच्नका लागि जन्मन्छन्,
तर उनले देशका लागि प्राण आहुती गरे ।
भाषण त गरे धेरैले तर उनले गरेर देखाउने आँट राखे ।

उनकी आमा नभएकी होइनन,
तर उनले देशलाई जन्मदिने आमाभन्दा ठुलो ठाने,
आजका भ्रष्ट जस्ता थिएनन् उनी आफ्नै आमालाई बेची खाने ।

आफुतिर आईरहेको गोलीमा पनि प्रजातन्त्रको लहर देख्ने उनी,
तर आजका नेताहरु भन्छन प्रजातन्त्रको बिकास गर्ने हामीमा छ खुबी !

उनको स्मारकलाई होइन व्यवहारलाई मनमा राखौँ,
प्रजातन्त्रको जय जयकार आफ्नो मुखमा होइन,
जनताको व्यबहारमा उतारी शहिदको मान राख ।
उनलाई पनि थियो होला प्रजातन्त्रको खुशीयाली मनाउने
तर अन्तमा उनी मनाउने होइन प्रजातन्त्र ल्याउने व्यक्ती बन्न चाहे ।

उनका परिवार नरोएका होइनन्,
तर तिम्रा अगाडी उनले आफ्न आँशु लुकाए,
नेपाली सबको खुशीको लागि ।

 

शहीद दिवशको अवसरमा चूरे मा विले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल कविता ।
चूरे मा वि लगायत जिल्लाका विद्यालयहरुले आज विविध कार्यक्रम गरी शहीद दिवश भव्यताका साथ मनाएका छन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...