वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

नगरस्तरीय परियोजना अभिमुखीकरण गोष्ठी सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, असार १, २०७५ ।    

बिमला ढकाल/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँमा सिप विकासको माध्यमबाट आर्थिक शसक्तिकरण परियोजना तथा नगरस्तरीय परियोजना अभिमुखीकरण गोष्ठी शुक्रबार सम्पन्न भएको छ । बेस बर्दियाको आयोजना तथा लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।

रोजगारको लागि प्राविधिक तथा उद्यमशिल सिपको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनाले युवाहरुको उद्यम तथा रोजगारमुलक सिपको विकास गरी उनीहरुको आर्थिक सम्बृद्धिको लागी सहयोग गर्ने लक्ष्य लिएको आयोजक संस्थाले जनाएको छ ।

नेपाली युवाहरुमा सिपमुलक प्राविधिक ज्ञान नहुनु, आर्थिक तथा बजारको समस्या लगायतका समस्याहरु रहेका छन् । ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका ८३ जना युवायुवतीले ३ महिने व्युटिपार्लर, हाउस वाइरिङ, मेसन लगाएतका तालिम लिइरहेका छन् । तालिम गएको बैशाख ३० गतेबाट शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: