वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

राजापुरमा विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ ।    

राजापुर (बर्दिया) ।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज बर्दियाद्धारा राजापुर न.पा. वार्ड नं.—१, मा अवस्थित श्री कालिका माध्यामिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि १० सम्मका विपन्न परिवारका जम्मा २७६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक वितरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी परियोजना ब्यवस्थापन समितिका सदस्यबाट वितरण गरिएको हो ।

सोही वितरण कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपालका बर्दिया जिल्ला संयोजक श्री नारायण चौधरी ज्युबाट अनुगमन पनि भएको थियो भने बिपन्न परिवारका बालबालिकाहरुलाई गुणस्तर शिक्षा प्रदान तथा पठन पाठनमा सहयोग र नियमित विद्यालयमा जानकोलागि सहयोग गर्ने उद्धेश्यले उक्त शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण कार्यक्रम गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: