वि.सं.   आइतवार, कार्तिक ४, २०७५   तदनुसार  21 October 2018

स्नातक तथा स्नाकोतरमा अध्ययनरत अपाङ्ग विद्यार्थीहरुका लागि छात्रवृति

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, चैत्र १८, २०७४ ।    

नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा बिभाग, क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले उसको मिति २०७४ चैत्र ७ गतेको निर्णय अनुसार मध्यपश्चिमान्चल बिकास क्षेत्रका स्नातक तथा स्नाकोत्तर तहमा अध्ययन गर्ने अपाङ्ग विद्यार्थीहरुका लागि छात्रवृति वितरणका लागि आवेदन माग गरेको छ । त्यसैले यस मध्यपश्चिमान्चल बिकास क्षेत्र भित्रका स्नातक तथा स्नाकोतर तहमा अध्ययन गर्ने अपाङ्ग विद्यार्थीहरुले यही २०७४ चैत मसान्तसम्ममा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा व निर्देशनालयमा विधी पुर्‍याएर आवेदन दिई अवसरको फाईदा लिन सक्नुहुनेछ । निर्धारित समयभन्दा पछी आएका निवेदन र निवेदकको बैंक खाता नभएको खण्डमा छनौटमा नपर्ने भएकाले हामी सम्बन्धित सबैलाई विधीपुर्वक समयमै आवेदन दिनुहुन आग्रह गर्दछौँ ।

आवेदन दिनको लागि निम्न कागजातहरु अवश्य संलग्न गर्नुहोला :
१- निवेदक यसै क्षेत्रमा चालु वर्षमा स्नातक तथा स्नाकोत्तर तहका लागि क्याम्पसमा भर्ना भई नियमित अध्ययनरत विद्यार्थी भनी क्याम्पसले प्रमाणित गरेको कागजात ।
२- नेपाल सरकारबाट प्राप्त अपाङ्ग परिचय पत्रको प्रतिलिपी ।
३- अघिल्लो वर्ष वा तह पास गरेको लब्धांक पत्रको प्रतिलिपी ।
४- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
५- निवेदक विद्यार्थीको राष्ट्रिय स्तरको बैंकमा भएको खाता नम्बर र बैंकको नाम ठेगाना ।
६- निवेदकको फोन नम्बर ।

शेयर गरी सम्बन्धित सबैलाई जानकारी दिनुहोला । तपाईंको एक शेयरले कसैले अवसर पाउन सक्छ । जीवन बादलिन सक्छ । 

प्रतिक्रिया दिनुहोस्: