वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गयो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, कार्तिक १७, २०७५ ।    

भुरिगाउँ, बर्दिया ।
बाँकेको कोहलपुरमा ल्याण्डरोभर गाडिको ठक्करबाट २ जनाको ज्यान गएको छ । शुक्रवार वेलुका बाँकेको कोहलपुर विद्युत चोक नजिक बा. ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँका ५५ वर्षिय काँशीचन्द्र न्यौपाने र ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्धाराका ५० वर्षिय इन्द्रप्रसाद भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर बिसीले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये काँशीचन्द्र न्यौपाने ज्वाई र देविराम भट्टराई जेठान रहेको बताईएको छ । ल्याण्डरोवरले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका दुबै जना कामको शिलशिलामा नेपालगंज गएका बेला घर तर्फ फर्कने क्रममा सिद्धार्थ होटल  नेपालगंजको ल्याण्डरोभर गाडीले कोहलपुर नजिक ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने गाडि र चालक प्रहरी नियन्त्रणमा रहेको कोहलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको शव पोष्टमार्टमका लागि भेरि अञ्चल अस्पताल लैजाने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: