वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

आर्थिक सशक्तीकरण परियोजना अन्तरगत निःशुल्क तालिम शुरु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ ।    

भिमा कंडेल/भुरिगाउँ (बर्दिया) ।
बेस बर्दियाको आयोजना तथा रुठरल ओरल रिफिलको आर्थिक सहयोग र मनकामना ट्रेडिङ्ग एण्ड स्कील डेभलवमेन्ट इन्स्टीच्युटको प्राविधीक सहयोगमा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा सीप बिकासको माध्यामबाट आर्थिक सशक्तीकरण परियोजना अन्तरगत ३ महिने निःशुल्क तालिम सोमबारबाट शुरु भएको छ ।

आयोजित कार्यक्रममा सिलाई कटाई, ब्युटिपार्लर, डकर्मी, हाउस वाइरिङ्ग र मिठाई तथा नास्ता सम्बन्धी तालिम दिइने ठाकुरबाबा नगरपालिका वडा नम्बर १ वडा अध्यक्ष श्यामलाल थारुले जानकारी दिए । तालिममा ठाकुरबाबा नगरपालिकाका वडा नम्बर १, २ र ३ का ६२ जना सहभागीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: