वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

हिन्दुधर्मका लागि जनमत संग्रह हुनुपर्ने अभिव्यक्ति दिएको छैन : शसांक कोईराला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र १२, २०७५ ।    

गुलरिया (बर्दिया) ।
कांग्रेसका महामन्त्री शसांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रह हुनुपर्ने अभिव्यक्ति नदिएको बताएका छन् । प्रेस युनियन गुलरिया, बर्दियाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोईरालाले कांग्रेस स्वतन्त्र धर्मको पक्षमा रहेको समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै कोईरालाले धर्म निरपेक्षता राख्ने कि नराख्ने जनमत संग्रहको कुरा भनेको छैन, कांग्रेसको चार तारे झण्डा अन्तरगत एक ताराको अर्थ स्वतन्त्र धर्म हो । भनेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले नेत्रविक्रम चन्दसंग वार्ता गर्न आवश्यक भएको बताए । उनीहरुको पार्टीलाई आतंककारी भन्दै प्रतिबन्ध गर्दा समस्या समाधान नहुने भन्दै वार्ता नै समस्याको समाधान गर्ने एकमात्र उपाय भएको धारणा ब्यक्त गरेका छन् । कोइरालाले कांग्रेस जिल्ला पार्टी कार्यालयको उद्घाटन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...