वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

गर्मी बढे संगै सर्पदंशको घटना बढ्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन ५, २०७५ ।    

मिन अधिकारी/राजापुर (बर्दिया) ।
गर्मी बढे संगै राजापुर क्षेत्र संगै समग्र बर्दिया जिल्ला भरी नै सर्पदंशको घटना वढ्न थालेका छन् । सर्पदंशका घटनाहरु बढे पछि स्थानियमा त्रास बढेको छ ।

राजापुर र गेरुवा गाउँपालिकाको केन्द्र विन्दु मानिने राजापुरमा सर्पदंश उपचार केन्द्र नहुनु दुःखको कुरा भएको राजापुर नगरपालिका वडा नं. ३ मुरैयाका थारु पुरोहित गुरुवा तेज वहादुर थारुले बताए । राजापुर क्षेत्रमा रहेको भौरा क्षेत्रमा सर्पले टोकि हालेमा स्थानिय गुरुवाहरुले परम्परागत तरिकाले झारफुक गर्नु वाहेक अन्य उपाय नभएको थारुको भनाई छ ।

अझै पनी सर्पले डसेका घटना सुने पछि गाउँगाउमा रहेका गुरुवाहरुकै भरोसामा विषको झारफुक हुने गरेको राजापुर नगरपालिका ३ तिघ्राका राम वहादुर थारुले बताए । गत हप्ता राजापुर नगरपालिका–३ ईन्दैपुरमा सर्पले डस्दा झार फुक गर्ने लाई खोज्न आmुलाई अप्ठेरो परेको पुरुषोत्तम थारुले बताए ।

राजापुरमा सर्पदंश केन्द्रको स्थापना तर्फ स्थानिय तह, राजापुरको प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानिय राजनितिक नेतृत्वको ध्यान जान नसक्नु राजापुर क्षेत्रकै विडम्वना भएको छ ।

प्रतिक्रिया दिनुहोस्: